बाइकमा सरर डोल्पा जाने धुन

तेजेन्द्र रावल

सुर्खेत,२ असोज ।

सुर्खेत असोज १९ गते बिहानै सुरज भाइ हामि बसेको सब–डिभिजनमा आए । हामि ४ जना मन,उत्तम,सुरज र म रिम्ना हुदै सिम्ली तिर गयौ । चन्द्र भाइको अन्तिम श्रदान्जलीमा सहभागी हुन हामि भाइको घर भएतिर अगाडी जादै थियौ, मनको ससुराली होटेलमा एकछिन बसेका थियौ, शेरबहादुर दाजुको फोन आयो, दैलेखबाट टोलि हिडेको छैन रे, दिउसमात्र हिड्ने कुरा छ, तिमीहरु थाकेको पनि छौ सुर्खेत गैजाउ ।

हाम्रो बिहानको खाना मन बहादुरको घरमा तय भएको थियो, त्यसो हो भने हामि खाना खाएर सुर्खेत जाने भयौ । खाना खाएर ललितलाई भेट्ने कुरा भयो । मन बहादुरको आफ्नै दाजुको सिम्लीमा जय श्रीराम डेरी उद्योग छ, कर्णाली प्रदेशको उत्कृस्ट डेरीको रुपमा कृषि मन्त्रालयबाट पुरस्कृत भएको डेरी । त्यहाँ गएर कुबेर दाजु संग १२ वर्षपछि ऐतिहाँसिक भेट भयो ।

उहा बिमारी भएर काठमाण्डौमा गएको बेला मनको कोठामा भेट भएको थियो, हाम्रो माया त्यैबेला देखि प्रगाढ थियो । कुबेर दाजुले म प्रति देखाएको माया सद् भाव देखेर उत्तम भाइ चकित भयो । हामीले करिब डेढ घण्टा भलाकुसारी गर्यौ । आज यतै बस्नुपर्छ भनेर धेरै कर गर्नुभयो, होटलवाला लाई बोलाएर मेरा भाईहरुले जे जे खान्छन सब दिनु, खानपिनमा कुनै कमि नहोस् भनेर भनि सक्नु भएको थियो ।

तर हाम्रो स्वास्थ्यस्थिति जसरि पनि आज सुर्खेत पुग्नु पर्ने खालको थियो । त्यति जोडबल गर्दापनि हामि दशैं लगत्तै स्यार्पू ताल घुम्न आउदैछौ त्योबेला बसौला भनेर छुट्टियौ, कुबेर दाजुले नरमाइलो मानिरहनुभएको थियो, माफी माग्दै मैले मोटरसाइकल स्टार्ट गरे । ललित र मन पनि कसैको जन्मदिनमा दिने गिफ्ट लिन चाइनाबगर सम्म जाने भए, हिडेको १५ मिनेट पनि भएको थिएन मोटरसाइकलको पछाडीको टायर पंचड भयो ।

उत्तम भाइलाई तिमि यतै बस म पंचड टालेर आउछु भनेर एक्लै मोटरसाइकल लिएर चाइनाबगर र रिम्ना जोड्ने पुल तरेर रिम्ना गए, कारब एक घण्टा पछि मोटरसाइकल बनाएर फेरी वारी चाइनाबगर आए, उत्तम भाई त्यहाँ आइसकेका रहेछन् र हुईकियौ सुर्खेततिर । अलि वर चौरजहारी नपुग्दै पारि जाजरकोटको मटेला तर्ने झुलुंगे पुल तरेर जानु भन्ने ललितको निर्देशन पालना गर्दै त्यसपछि पिचै पिच सल्लिबजारमा सेकुवा खाएर छिन्छु हुदै सात बजेतिर सुर्खेत पुग्यौ ।

सबै कुरा एक एक लेखे त किताब नै बन्ने रहेछ, सरसर्ती यात्रालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु। जीवनको एक अविस्मरणीय यात्रा सम्झिदा मन चङ्गा हुन्छ, तनाब सबै हट्छ । यस यात्रामा साथ दिनुहुने सम्पूर्णलाई सादुबाद ।

बाइकमा सरर डोल्पा जाने धुन

कर्णाली राजमार्गको पहिरो पन्छाउने क्रम जारी हल्लाकै

बाइकमा सरर डोल्पा जाने धुन

पहिलेका सहकर्मी अहिलेका प्रतिस्पर्धी

Leave a comment

Your email address will not be published. Required fields are marked *