सिम्तामा बँदेल आतंक, नियन्त्रण नभए मालपोत कर नतिर्ने चेतावनी

सुर्खेत, २९ साउन ।
सिम्ता गाउँपालिका वडा नं. ४ मा जंगली जनावार बँदेलले आतंक मच्चाएको छ । किसानले लगाएको हिउँदे र बर्षेबाली नष्ट गरिदिएपछि नियन्त्रणका लागि आग्रह गरिएको छ । संयुक्त जेष्ठ नागरिक मिलन केन्द्रले जंगली जनावार बँदेलले हिउँदे र बर्षेबाली नष्ट गरेको हुँदा नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरिएको हो । वडामा भएको जेष्ठ नागरिकहरुको बृहत भेलाले स्थानीय समस्या र आफ्ना समस्याका बारेमा चासो राखेको छ ।

स्थानीय सरकार र प्रदेश सरकारलाई तत्काल बँदेल नियन्त्रण गर्न आग्रह गर्ने र सम्बन्धित पक्षले ध्यान नदिएमा अर्को बर्षदेखि मालपोत कर (तिरो) नतिर्ने चेतावनी रहेको केन्द्रका अध्यक्ष गोरख चन्दले जानकारी दिए । उनले भने सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडाबाटै गाउँ, टोलमै वितरण गर्न माग गरेका छौं । पालिकाले यस विषयमा नसोचेमा गाउँपालिका र बैंकको शाखा कार्यालयमा धर्ना दिन बाध्य हुने समेत बताइएको छ ।






