श्री एअरलाइन्सको विमान उडेको केहीबेरमै आपत्कालीन अवतरण

नेपालगञ्ज १९ साउन ।

नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको जहाज फेरि नेपालगञ्जमै अवतरण गराइएको छ ।

विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए  । ‘विमानमा झन्डै ८० जना यात्रु थिए, के भएको रहेछ म पनि बुझ्दैछु’ उनले भने  ।

बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा भएका सबै यात्रुलाई बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ ।

उज्यालो

श्री एअरलाइन्सको विमान उडेको केहीबेरमै आपत्कालीन अवतरण

कर्णालीबाट चिकित्साशास्त्र अध्यापन

श्री एअरलाइन्सको विमान उडेको केहीबेरमै आपत्कालीन अवतरण

भीड,भाँड र भाँडभैलाे

Leave a comment

Your email address will not be published. Required fields are marked *