जाजरकोटको कारागारमा क्षमताभन्दा दुइ गुणा बढि कैदि बन्दि

दिपेन्द्र शर्मा
जाजरकोट, १९ असार ।

जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या हुने गरेको नाईके कुशबहादुर महताराले बताए ।

उनले भने, कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ । जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको जिल्ला कारागार जाजरकोटका जेलर चन्द्रबहादुर गिरीले बताए ।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरीले बताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ । जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले बर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताए ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गर्ने बताए । उनले भने, ‘कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ समस्या भईरहेको छ, यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्नेछ ।’ कारागारमा रहेको कैदीबन्दीहरुले विभिन्न सीपयूक्त तालिमको व्यवस्था गर्न माग समेत गरेका छन् ।

जाजरकोटको कारागारमा क्षमताभन्दा दुइ गुणा बढि कैदि बन्दि

कर्णाली लोकमार्गको यात्रा कष्टकर

जाजरकोटको कारागारमा क्षमताभन्दा दुइ गुणा बढि कैदि बन्दि

पहिलेको खोलीबडगाउ र अहिलेको खोलिबडगाउ

Leave a comment

Your email address will not be published. Required fields are marked *