पहिलेको खोलीबडगाउ र अहिलेको खोलिबडगाउ

प्रचण्ड खत्री
रुकुम पश्चिम, १९ असार ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको बिकट ठाउँ हो खोलिबडगाउ । बाफिकोट गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गाउँ हो । त्यस गाउँमा धेरै जसो मानिसहरु पाँच नम्बर वडाका मतदाता हुन । केहिको बसाई खोलिबडगाउमै हुन्छ कोहिले बेसि छल्न बाफिकोटको काडामा पशु चौपाया लिने गरेको स्थानिय धर्मु केसिले बताए ।

यो भन्दा ४० बर्ष अगाडि यहाँ स्थानिय आफ्नो गाँस बास कपास खरिद गर्न नेपालगन्ज , दाङको घोराही सम्म हिडेर जाने गरेको ७५ बर्सिय नन्दु खत्रीको भनाई छ । नेपालगन्ज जान आउन गरि करिब एक महिना लाग्ने गरेको उनको भनाई छ । यस गाउँका स्थानीय जिबिका जलाउन भारत तिर जाने गर्दछन । यस गाउँ धेरै जसो स्थानिय बेरोजगारी छन ।
फाट्टफुट्ट २ , ४ जनाले सरकारी जागिर खाएता पनि धेरै जसो युबाहरु बेरोजगारीले भारत जस्ता देशमा बिदेशीनु परेको स्थानिय युवा मिलन के सिले बताए । यहाँका स्थानियले १ बर्ष मात्रै राम्रो सङ्ग सिचाई कुलो उपभोग गर्न पाए । राम्रै सङ्ग खानेपानी पाए । यसले गर्दा यस गाउँका स्थानिय खुसी भएका छन ।

सडक पहिला पुगे पनि राम्रो सङ्ग कुनै पनि महिना गाडी चल्दैनन । बाहै महिना गाडी चलाउन स्थानिय सरकारले पहल गरिरहेको छ । अबको केही बर्षमा त्यस गाउँमा बाहै महिना गाडी चल्ने ब्यबस्थापनको लागि गाउँपालिका लागि रहेको छ ।
गाउँमा आफ्नै भाईपट्टि मात्र बसोबास गर्छ्न । यहाँ अरु कुनै जातको मानिस बसोबास गर्दैनन । यसले गर्दा स्थानियलाई समाजमा मिल्न सहज भएको छ । गाउँमा बिस्तारै बजार पनि बन्दै छन । आजभोली २ वटा किराना पसल सञ्चालनमा रहेका छन् ।






