नार्जिमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम,१९ असार ।
रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा न ७ को आधारभुत बिध्यालय नार्जिमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चौरजहारी नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा अन्तरगत चौरजहारी अस्पताल र मार्तृ तथा बालस्वास्थ्य प्रबर्द्धन परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्न भयको हो ।

शिबिरमा चौरजहारी अस्पतालका डाक्टर कुसुम शर्माको नेर्तित्वमा १४ जना स्वास्थकर्मिको टोलि खटिएको परियोजना अधिकृत गोपाल तिमल्सिनाले बताए ।
उक्त शिबिरमा अस्थायी साधन समन्धी परामर्श, गर्भ जाँच लगायत अन्य बिरामीको चेक जाँच, लगायत नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुख्ने, ज्वरो,रुघाखोकी , जस्ता बिभिन्न समस्या भएका महिला १२८ र पुरुष १२३ जम्मा गरेर २५१जना बिरामीहरुले उक्त सेवा लिएको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म प्रेसन गरेको चौरजहारी अस्पतालका डाक्टर कुसुम शर्मा ले जानकारी दिए ।
साथै सिबिरमा विभिन्न प्राकृतिका समस्या भएका ६ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको आयोजकले बताएको छ ।





