भेरी मावि घुमखहरे मा छात्रवृति वितरण

दिलिप ढकाल
सुर्खेत,१७ असार ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १० स्थित भेरी माविमा एक कार्यक्रम का बीच बिहिबार छात्रवृति वितरण गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म अध्यन गर्ने सबै दलित छात्र छात्रा र सबै गैर दलित छात्रा लाई छात्रवृति वितरण गर्ने कार्यक्रम सम्पन भएको हो ।

दलित बिद्यार्थी लाई छात्रवृति वितरण गर्ने नेपाल सरकारको निर्णय अनुसार भेरी माविका २०२ जना दलित बिद्यार्थीको लागि रु ४०० का दरले ८०,०० रकम आएको विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर वलीले जानकारी दिए ।  भेरी माध्यमिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यन गर्ने दलित छात्र छात्रा र गैर दलित छात्रा को सङ्ख्या १९० जना मात्र भएकाले बाकि १२ जनाको लागि आयको छात्रवृति फिर्ता हुने विद्यालय प्रसाशनले जनाएको छ ।

बिद्यालयमा कक्षा १ देखि ८ सम्म दलित छात्राको सङ्ख्या ६३ जना,दलित छात्र को सङ्ख्या ६६ जना र गैर दलित छात्राको सङ्ख्या ६१ जना रहेको छ । १९० जना बिद्यार्थी मध्ये ३ जनालेै छात्रवृति पाएको र बाकि १८७ जना लाई आज अभिभाबक सहित बोलायर छात्रवृति वितरण गरिने छ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष थमन खत्री,११ का वडा अध्यक्ष राजन बिसी र गुर्भाकोट नगरपालिका कि कार्यपालिका सदस्य मनिसरा नेपालीले तिन जना बिद्यार्थी लाइ छात्रवृति वितरण गरेका थिए । त्यस्तै बिद्यालयमा स्थानिय तहमा निर्वाचित वडा नम्बर १० र ११ का वडा अध्यक्ष,वडा सदस्य तथा कार्यपालिका सदस्य मनिसरा नेपालि लाइ बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रम मा बिद्यार्थी शिक्षक लगायत केहि स्थानीयको पनि उपस्थिति रहेको थियो ।

भेरी मावि घुमखहरे मा छात्रवृति वितरण

भेरीगंगामा जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन सेवा

भेरी मावि घुमखहरे मा छात्रवृति वितरण

सिम्तामा श्रमिक जनचेतनामूलक कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *