भेरीगंगामा जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन सेवा

दिलिप ढकाल
सुर्खेत, १६ असार ।
भेरीगंगा नगरपालिका मैनतडा आयुर्वेद औषधालयको आयोजनामा एक दिने जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रम सम्पन्न भएको छ । ७० वर्ष भन्दा माथिका ५१ जना जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परीक्षण (जस्तै ः ब्लड प्रेसर, सुगर, तौल तथा उचाई नापेर बि.एम.आई.) गरिएको थियो । स्वास्थ्य प्रवद्र्धक तथा शक्ति प्रवद्र्धक आयुर्बेद रसायन औषधी वितरण गरिएको मैनतडा आयुर्बेद औषधालयका कविराज निरीक्षक छविलाल खड्काले जानकारी दिए ।

भेरीगंगा नगरपालिका नगर उप–प्रमुख धनसरा बोहराको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का वडा सदस्य शेर बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै वडा सदस्य मनकली खड्का, नेपाल रास्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक निमराज कार्की, वडा सचिव धन बहादुर सुनार, आधारभूत स्वास्थ्य केन्द्रका अहेव गणेश बहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

मैनतडा आयुर्बेद औषधालयका प्रमुख कविराज निरीक्षक छविलाल खड्कार, बैद्य यमुना बुढाथोकी लगायतले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै अभ्यङ्गकर्ता दिपा चौधरीले औषधी वितरण गरेका थिए । नितान्त सेवामुलक जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम मैनतडा आयुर्वेद औषधालयबाट निरन्तर सेवाको रुपमा सञ्चालित छ ।

६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुले औषधालय आयर सेवा लिन सक्नुहुन्छ । स्थानीय स्तरका जनताहरुलाई स्थानीय स्तर घरदैलोमै सेवा दिने लक्ष्यका साथ उक्त कार्यक्रम संचालन भएको थियो । यस चालू आर्थिक बर्ष २०७८/o७९ मा हालसम्म २०६ जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य प्रवद्र्धन सेवा दिईएको छ ।

त्यस्तै स्तनपाई आमाहरुको लागी मातृशिशु सुरक्षार्थ दुग्दवर्धक तथा पौष्ट्रिक आयुर्वेद औषधी वितरण, पूर्वकर्म÷पन्चकर्म लगायतका सेवाहरु निरन्तर प्रवाह भैरहेका छन् भने जडिबुटी प्रशोधन गरी एकल चुर्ण औषधी निर्माण कार्य समेत सुरु गर्ने तयारी छ ।

भेरीगंगामा जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन सेवा

चर्को मुल्यमा एमआरआई मेशिन खरिद गर्दै प्रदेश

भेरीगंगामा जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन सेवा

भेरी मावि घुमखहरे मा छात्रवृति वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *