सिम्तामा श्रमिक जनचेतनामूलक कार्यक्रम

दुर्गा विसि
सुर्खेत,१७ असार ।

श्रमिक शिक्षा कार्यक्रम विद्यमान कानुन तथा नियमावलीमा भएका व्यवस्था सम्बन्धि सिम्तामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । श्रम रोजगार कार्यालय विरेन्द्रनगर सुर्खेतको आयोजनामा सुर्खेतको सिम्ता गाउँपालिकामा श्रमिकहरुको अवस्था,ज्याला र उनिहरुको पारश्रमिकको अवस्थाको विषयमा अन्तरक्रिया समेत आयोजना गरिएको थियोे ।

श्रम तथा रोजगार कार्यालयकि सुनिता कुमारी दर्लामीले अन्तरक्रियामुखि कार्यक्रमको प्रस्तुतिकरणमा श्रमजीवी वर्गको समाजिक सुरक्षा,हाल ट्रड युनियनहरुले के गरिरहेका छन् । नेपालमा श्रमिकहरुका लागि कस्तो कानुनी व्यवस्था रहेको छ भन्ने कुरामा प्रष्ट पारिएको थियोे । नेपालको संविधान २०७२ को धारा ३४ ले श्रम हकका विषयमा कस्तो व्यवस्था गरेको छ । रोजगार सम्बन्धि व्यवस्था,काम गर्ने समय,सुरक्षा,विमा,विदा र सञ्चयकोष सम्बन्धिको विषयमा जानकारी गराएको थियोे ।योगदानमा आधिरित सामाजिक सुरक्षालाई सहभागी माझ वढि अवगत गराएको थियोे ।

कार्यक्रम विभिन्न क्षेत्रमा रहेका रोजगार दाता,राजनीति दल,कर्मचारी,उद्योग व्यवसायी,जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । विशेष गरि रोजगार दाताहरुको कार्यक्रम उल्लेख्य सहभागीता रहेको थियोे । सिम्तामा श्रमिकहरुको उचित मुल्यांकन हुने गरि ज्याला ,जीवन सुरक्षाको प्रत्याभूति हुने गरि प्रक्रिया अघि वढाउने विषयमा सिम्ता गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्दले कार्यक्रम जानकारी दिए ।

त्यससँगै उपाध्यक्ष गोमा रेग्मी,सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा,रोजगार प्रमुख हरि वहादुर वुढा लगाएतले सिम्तामा श्रमिकहरुको ज्याला,विद्यमान कामको प्रकृति,तेहि अनुसारको ज्याला,सुरक्षाको विषयमा धारणा राखेका थिए । सरोकारवालाहरुले रोजगारि दिदा ज्यामी वा श्रमिकको ज्यालामा राज्यले तोकेको भन्दा वढि पारश्रमिक दिदै आएको जनाएको थिए ।

सिम्तामा श्रमिक जनचेतनामूलक कार्यक्रम

भेरी मावि घुमखहरे मा छात्रवृति वितरण

सिम्तामा श्रमिक जनचेतनामूलक कार्यक्रम

होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी

Leave a comment

Your email address will not be published. Required fields are marked *