होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी खान बाध्य

हुम्ला, १७ असार

कर्णाली नदी छेउछाउका होटेल ब्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन् । स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा अन्य बिकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुु पर्ने बाध्यता आई लागेको हो ।

पैदल यात्रुु ओबराज शाहीले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुु पर्ने बाध्यता रहेको बताए । उनले असारको बेला गर्मी धेरै हुने तर बाटोमा खानेपानीको ब्यवस्था कतै नभएको कारण माटोको लेदा र बालुुवा भएको पानी पिउनुु पर्ने बाध्यता रहेको बताए ।

उनले यो समस्या बाजुुरा जिल्लासंगको सिमाना कवाडीदेखि खार्पुुनाथ गाउँपालिकाको छारेसम्म रहेको बताए । बाढी पहिरो जाने र हिमालको हिउ पग्लने भएको कारण खोलानाला र नदीको पानी बाक्लो लेदो सहित धमिलो हुँदै आएको छ ।

खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेमा बिगत आठ वर्षदेखि होटेल ब्यवसाय सञ्चालन गर्दै आउनुु भएकी बाटुुल्ली रावलले वर्षेनी बर्खाको समयमा कर्णाली नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताए ।

उनले पहिला खानेपानीको ब्यवस्था भएपनि बाटो पर्ने भएको कारण आफुुहरु होटेल बन्द गरेर घर गएको बेला खानेपानीको लाईमा आगलागी गरि दिएपछि पानी आउन बन्द हुँदा नदीको धमिलो पानी प्रयोग गर्दै आएको बताए । उनले सो पानी आफुु मात्र नभई होटेलमा आउने ग्राहकले खाना, चिया नास्ता जे खाएपनि सोही धमिलो पानी प्रयोग गर्ने गरेको बताए ।

उनले कुुनै ग्राहकले आफुुसंग भएको कपडाले छानेको पानी पिउने गरेको भएपनि अधिकाँसले भने केही नभनेरै सो पानी प्रयोग गर्ने गर्नु भएको बतो । उनले पानी पिउने मात्र नभई सरसफाईदेखि बाटोको हिड्ने गाईबस्तुले समेत उक्त पानी प्रयोग गर्नुपर्ने बाध्यता आई लागेको बताए ।

छारे हुँदै दुुई सय भन्दा बढी मानिस र एक सय भन्दा बढी खच्चड आउजाउ गर्दै आएका छन्  । गर्मी धेरै भएको कारण पैदल यात्रुुहरुले सो पानी पिउनै पर्ने अबस्था रहेको छ । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलीराज शाहीले भरसक सो पानी प्रयोग नगर्न र गर्नैपर्ने भए छानेर वा उमालेर प्रयोग गर्न सुुझाव दिए  ।

उनले उक्त पानी प्रयोग गर्नुु पर्ने भए पियुुस पनि प्रयोग गर्न सकिन बताए  । यस्तो पानीको प्रयोगबाट पैदलयात्री तथा होटेल ब्यवसायीमा झाडा पखाला लाग्न सक्ने भएको यसबाट सचेत रहन समेत सुझाव दिए ।

स्रोत :  गोरखापत्र

होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी खान बाध्य

सिम्तामा श्रमिक जनचेतनामूलक कार्यक्रम

होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी खान बाध्य

असल आमालाई सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *