कैद र जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ

सुर्खेत, १८ जेठ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको बिशेष सक्रियतामा बिभिन्न कसुरमा अदालतहरु बाट कैद र जरिवाना भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
२०७८चैत १० गते गते रुकुम पश्चिम मुसिकोट नगरपालिका १४ बस्ने १९ वर्ष को मोहन ओली हराई बेपत्ता भएकोमा चैत १७ गते रुकुम पश्चिम मुसिकोट नगरपालिका १४ मुर्लेखोला भिर पाखामा मृत अबस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धान गर्दै जाँद पश्चिम मुसिकोट नगरपालिका वडा नं १४ का १८ वर्षको नबिन ओलीले कर्तब्य गरी मारेकोे हुँदा २०७९जेठ १२ गते निजलाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले बताएको छ ।
२०७९ जेठ १६ गते मुद्दामा अदालतबाट १ महिना १३ दिन कैद तथा रु ३२,४३० जरिवाना भई फरार रहेका प्रतिवादी जुम्ला साविक चन्दननाथ गा वि स २ हाल चन्दननाथ नगरपालिका १ का कर्ण बहादुर महतारालाई फरार अपराधी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा पेश गरिएको बताएको छ ।
२०७९ जेठ १७ गते जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ महिना कैद भई फरार प्रतिवादी जिल्ला सुर्खेतको गुर्भाकोट नगरपालिका १३ का १६ बर्षको बिबेक बि क लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा पेश गरिएको जनाएको छ ।





