एटलसलाई ७० वर्षपछि लिगको उपाधि


काठमाडौं : एटलसले ७० वर्षमा पहिलो पटक मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्सको उपाधि जितेको छ ।आईतबार भएको खेलमा लियोनलाई पेनाल्टीमा पराजित गर्दै एटलसले ७० वर्षपछि पहिलो उपाधि हात पारेको हो ।

एटलसले यस अघि सन् १९५०–१९५१ को सिजनको उपाधि जितेको थियो । एटलसले पेनाल्टी ४–३ ले जितेको थियो ।फाइनल खेलको पहिलो लेग ३–२ ले जितेको लियोनका लागि उपाधि जित्न केवल बराबरीको आवश्यकता रहेको थियो ।

तर एटलसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । एटलसका लागि अल्डो रोचाले निर्धारित समयमा गोल गर्दै खेललाई समग्रमा ३–३ को बराबरीमा ल्याएका थिए । त्यसपछि विजेताको टुंगो पेनाल्टीबाट लगाइएको थियो ।

एटलसलाई ७० वर्षपछि लिगको उपाधि

संसद् बैठकअघि एन्टिजेन परीक्षण गर्न आह्वान

Leave a comment

Your email address will not be published. Required fields are marked *