बंगलादेशमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

एजेन्सी : बंगलादेशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएको जनाएको छ ।
यहाँका स्वास्थ्यमन्त्री जाहिद मलिकले शनिबार उक्त जानकारी दिएका हुन्। उनले दुईजनामा यो सङ्क्रमण पाइएको जानकारी दिए ।
उनका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा उक्त सङ्क्रमण भेटिएको छ। स्वास्थ्यमन्त्री मलिकले ती दुईजना खेलाडी हालै जिम्बावेबाट आएको जमाकारी दिए ।
उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा उक्त भेरियन्ट देखिएको बताइएको हो। यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।
भारतमा सुरुमा भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो। यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।





