जेलभित्र रोनाल्डिन्होको पाँच गोल

ब्राजिलियन रोनाल्डिन्हो पाराग्वेको जेलमा छन् । पासपोर्ट दुरुपयोगको अभियोगमा उनी भाईसँगै पाराग्वेको हिरासत परेका हुन् । व्यवसायीक फुटबल करियरमा रोनाल्डिन्होले विश्वकप फुटबलदेखि च्याम्पियन्स लिग र ला लिगामा आफ्नो जादु छरेका छन् ।

उनै रोनाल्डिन्हाले पाराग्वेको जेलमा रहदा समेत गोल गर्ने कलालाई निरन्तरता दिए । जेलभित्र खेलिएको फुटसलमा रोनाल्डिन्होले पाँच गोल गरे ।  र ६ गोलका लागि अवसर सिर्जना गरिदिए रोनाल्डिन्होको एकल प्रर्दशनमा जेलभित्र उनको टिमले ११–२ ले जित हासिल ग¥यो ।

जेल भित्र भएको फुटसल प्रतिस्पर्धामा ब्राजिली लिजेण्डले टिमले गरेका सबै ११ गोलमा निर्णायक भूमिका खेले । रोनाल्डिन्हो पिचको छेउमा जेलभित्रका प्रहरीसंग कुराकानी गरिरहेका थिए । जब अन्य कैदी बन्दीले उनले देखे, तब आफुसंग सामेल हुन अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया