केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू : सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

अधिवक्ता प्रवेश केसीले हालेको रिटमा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँड्डुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुबै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी उपयुक्त अन्य माध्यामबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन अदालतले आदेश दिएको छ।

केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू : सर्वोच्च

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान

केन्द्रसम्म जान नसक्नेलाई घरमै पुगेर खोप लगाउनू : सर्वोच्च

दैलेखमा सुरु ‘नेपाल मास्क अभियान’

Leave a comment

Your email address will not be published. Required fields are marked *