देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कसरी अगाडि बढाउनुहुन्छ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै ओलीले भने, ‘न्युनतम साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार कतै छैन। नीतिमा छैन। कार्यक्रममा छैन। एमसीसीको कुरा गर्नुभएको थियो। साझा कार्यक्रममा छैन। बिर्सिनुभएको कि के हो? मैले त देखिन! छैन त खै?’

देउवाले एमसीसी अघि बढाउन आफूले बोलेको क्लिप खोजेर वातावरण बनाउन खोजेको आरोप लगाए। ओलीले भने, ‘जनताले जान्न चाहेको छ एमसीसी के गर्नुहुन्छ? तपाईं त बलियो प्रधानमन्त्री हुनुहुन्छ १६५ सांसदको समर्थन छ क्यार ! त्यसैले म भन्छु सरकारमा जस्केलाबाट छिर्नुभयो अब पास गर्नुहुन्छ कि के गर्नुहुन्छ?’

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

शम्भुको ‘सानु’मा पल र निरन्जली

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ? साझा कार्यक्रममा देख्दिनँ त !

चीनमा ६१ जना सवार डुंगा दुर्घटना :

Leave a comment

Your email address will not be published. Required fields are marked *