चीनमा ६१ जना सवार डुंगा दुर्घटना : ८ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

साथै १३ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए।

समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो। डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ। उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ।

चीनमा ६१ जना सवार डुंगा दुर्घटना : ८ जनाको मृत्यु, १३ घाइते

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ?

चीनमा ६१ जना सवार डुंगा दुर्घटना : ८ जनाको मृत्यु, १३ घाइते

हुम्लामा ५८ वर्षका वडाध्यक्षले गरे एसईई उत्तीर्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *