बानेश्वरमा एमाले संसदीय दलको बैठक, माधव पक्ष गएन

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो ।

बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।

यसअघि आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो । दलको बैठकले स्थायी समिति बैठकले गरेका सोही निर्णयलाई अनुमोदन गर्ने नेताहरुको भनाई छ ।

बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी छैन । आज मध्यान्ह च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थियो ।

स्थायी कमिटी र संसदीय दलको बैठक नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट स्थायी कमिटी बैठकमा गएका थिए । तर उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरे ।

ओलीले बैठक रोक्न नमानेपछि उनीहरु नेता माधव नेपालको निवास लागेका थिए । नेपालसँग उनीहरुले आगामी रणनीतिबारे छलफल गरेको बुझिएको छ ।

बानेश्वरमा एमाले संसदीय दलको बैठक, माधव पक्ष गएन

थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३

बानेश्वरमा एमाले संसदीय दलको बैठक, माधव पक्ष गएन

टी – सीरीजका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *