अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना

एजेन्सी । अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना भएको छ। दुईजना पाइलट सवार उक्त बोइङ इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको बिबिसीले जनाएको छ।

उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमान पानीमा खसेको बताइएको थियो। तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका छन्।

रोयटर्स समाचार संस्थाले एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेको जनाएको छ। अनलाइनमा सार्वजनिक एक भोइस रेकर्डमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाईनम्बर १ इन्जिन बिग्रेको छ भनेको आवाज सुन्न सकिन्छ। सार्वजनिक रेकर्डमा पाइलटले भनेका छन्, ‘अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।’

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना

अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना

सल्यानको दार्मा गाउँमा ज्येष्ठ नागरिक र गर्भवती

Leave a comment

Your email address will not be published. Required fields are marked *