युएई, इथियोपिया, भियतनामका यात्रुलाई साउदी अरब प्रवेश रोक

एजेन्सी । साउदी अरबले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स ९युएई०, इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ।

नयाँ प्रतिबन्धहरू आइतबार रातिदेखि लागु हुनेछन् । विश्व स्वास्थ्य संगठनले २०२० मार्च ११ मा कोभिड-१९ को महामारीको घोषणा गरेको थियो। त्यसपछि विश्वका धेरै देशले कोभिड-१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन्। हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ।

यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड संक्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड संक्रमणपछि मृत्यु भएको छ। यसैबीच युएईले परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड-१९ सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेको छ।

युएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो।

यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ। युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड(१९ संक्रमण पुष्टि भएमा देशले लागु गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन्।

युएई, इथियोपिया, भियतनामका यात्रुलाई साउदी अरब प्रवेश रोक

अमेरिकाका २०० भन्दा बढी कम्पनीमाथि साइबर आक्रमण

युएई, इथियोपिया, भियतनामका यात्रुलाई साउदी अरब प्रवेश रोक

अमिर खानले गरे पत्‍नीसँग सम्बन्धविच्छेद, १५ वर्षको

Leave a comment

Your email address will not be published. Required fields are marked *