अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन्।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन्। तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन्। तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको उनको भनाइ छ।

हाल ३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन्।

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

पूर्वी अफगानिस्तानमा १० तालिवानी लडाकु मारिए

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *