कोपा अमेरिका : ब्राजिलको लगातार दोस्रो जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जीत निकालेको छ । आज  विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोल अन्तरले हराएको हो।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे । ब्राजिलका लागि एलेक्स सान्ड्रोले पहिलो हाफको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो ।

दोस्रो हाफको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ८९ औं मिनेटमा एर्भटन रिबेरो अर्को गोल थपे। यस्तै इन्ज्युरी समयमा रिचार्लीसनले गोल गर्दै ४–० को जीत दिलाए ।

जारी प्रतियोगितामा ब्राजिलो दोस्रो जीत हाे। यस अघि ब्राजिलले भेनेजुएलालाई हराएकाे थियो। पेरुको पहिलो हार हो। १० टिम रहेको प्रतियोगिताका शीर्ष चार टिमले सेमिफाइनल खेल्ने छन् ।

कोपा अमेरिका : ब्राजिलको लगातार दोस्रो जित

कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

कोपा अमेरिका : ब्राजिलको लगातार दोस्रो जित

एमयूको ११ औं स्थापना दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds