कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन् । ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ‘ए’ को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।

खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बिया गोल गर्न सकेन। खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँडेको हो। ​ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यो सँगै कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ ।

समूह ‘ए’ कै अर्को खेलमा ब्राजिल र पेरुबीच खेल जारी छ। ब्राजिलले आफ्नो पहिलो खेलमा भेनेजुएलालाई हराएको थियो भने पेरुको यो प्रतियोगितामा पहिलो खेल हो । प्रतियोगितमा ५-५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन् ।

कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

अष्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा

कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

कोपा अमेरिका : ब्राजिलको लगातार दोस्रो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds