शिखर इन्स्योरेन्सका एकराज शर्मा ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ बाट सम्मानित

सुर्खेत  ,३१ साउन ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुर्खेतका कर्मचारी एकराज शर्मा ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। कम्पनीमा करिब पाँच वर्षदेखि आबद्ध रहेर उत्कृष्ट कार्यसम्पादन तथा योगदान पुर्‍याएको भन्दै शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो।
शिखर इन्स्योरेन्सले सञ्चालन गरेको ‘एनुअल स्ट्राटेजी प्रोग्राम–२०२६’ अन्तर्गत शर्मालाई कम्पनीले ‘प्रोमिसिङ इम्प्लोयी’का रूपमा सम्मान गरेको हो। कम्पनी व्यवस्थापन तथा सिफारिस समितिले शर्माको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता र संस्थागत योगदानलाई मूल्यांकन गर्दै सम्मानका लागि छनोट गरेको जनाइएको छ।
सम्मानपछि प्रतिक्रिया दिँदै शर्माले कम्पनीले आफूलाई विश्वास गरेर ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ प्रदान गरेकोमा व्यवस्थापन तथा सिफारिस टिमप्रति आभार व्यक्त गरेका छन्।
उनले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न थप प्रेरणा र हौसला मिलेको बताए। ग्राहक, शुभचिन्तक तथा अवसर प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै शर्माले कम्पनीले गरेको विश्वासलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
“कम्पनीले मप्रति गरेको यो विश्वासले यस अभियानमा थप उत्प्रेरणा र हौसला प्रदान गरेको छ,” शर्माले भने, “मेरो बलबुताले भ्याएसम्म यो विश्वासलाई जगेर्ना गर्दै संस्थाको हित र ग्राहक सेवामा निरन्तर समर्पित रहनेछु।”


गुर्भाकोट नगरपालिका–८, मेहेलकुना निवासी शर्मा विगत करिब पाँच वर्षदेखि शिखर इन्स्योरेन्ससँग आबद्ध छन्। यस अवधिमा उनले बीमा सेवा विस्तार, ग्राहकसँगको सम्बन्ध तथा संस्थागत जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
कम्पनीको वार्षिक रणनीति तथा लक्ष्य निर्धारणसँगै कर्मचारीको योगदान र कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमबाट प्राप्त सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको शर्माको भनाइ छ।
उनले आगामी दिनमा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्दै कम्पनीको व्यवसाय विस्तार र संस्थागत लक्ष्य प्राप्तिमा अझ प्रभावकारी योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिखर इन्स्योरेन्सका एकराज शर्मा ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ बाट सम्मानित

बाँकेका वनमा देखिन थाले पाँचधर्के लोखर्के बीउ

Leave a comment

Your email address will not be published. Required fields are marked *