नापतौल यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ व्यवसायी फर्मले लिए सेवा

कोहलपुर, २७ साउन ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा गुणस्तर तथा नापतौल कार्यालय, बाँकेको सहकार्यमा सञ्चालित नापतौलका यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ वटा व्यवसायिक फर्मले सेवा लिएका छन् ।

व्यवसायीहरूलाई नापतौलका यन्त्र तथा सामग्रीको दर्ता र नवीकरणका लागि सहज वातावरण सिर्जना गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा व्यवसायिक फर्महरूले प्रयोग गर्दै आएका नापतौलका यन्त्र तथा सामग्रीको दर्ता, नवीकरणलगायतका सेवा प्रदान गरिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर भण्डारीका अनुसार शिविरको दोस्रो दिनसम्म ६५ वटा व्यवसायिक फर्मले सेवा लिएका छन् ।

उनले अझै नापतौलका सामग्री दर्ता तथा नवीकरण गर्न बाँकी रहेका व्यवसायिक फर्महरूलाई समयमै आफ्ना नापतौलका सामग्री नवीकरण गराउन आग्रह गरेका छन् । समयमै नवीकरण नगरे अनुगमनका क्रममा समस्या आउन सक्ने भएकाले सम्बन्धित व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न उनले अनुरोध गरेका छन् ।

शिविरले व्यवसायीहरूलाई नापतौलसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न सहज हुनुका साथै कार्यालयसम्म धाउनुपर्ने झन्झटसमेत कम गरेको संघका अध्यक्ष प्रदीप भट्टराईले बताए । उनले, कोहलपुर उद्योग वाणिज्य संघले नापतौलका यन्त्र तथा सामग्री प्रयोग गर्ने सबै व्यवसायिक फर्मलाई शिविर मार्फत अवसरको सदुपयोग गर्दै समयमै दर्ता तथा नवीकरण गराउन आग्रह समेत गरेका छन् ।

नापतौल यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ व्यवसायी फर्मले लिए सेवा

डोकोको दुःख घटाउँदै पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनको

Leave a comment

Your email address will not be published. Required fields are marked *