कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

सुर्खेत ,१२ साउन ।
कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


उनको शपथ भने भोलि बुधबार हुनेछ ।
उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा (एमाले)का १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ ।
४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट मात्रै आवश्यक पर्ने भए पनि थप ४ सदस्यहित उनले कर्णाली प्रदेशमा बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त हुने अवसर पाएका हुन् ।
शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *