क्यान्सर पिडित नेपालीकाे आर्थिक अभावमा उपचार राेकियाे

दुर्गा विसी
सल्यान ,३२ असार ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं,५ निवासी वर्ष १८ का कुल वहादुर नेपालीकाे उपचारकाे क्रममै धेरै आर्थिक सकिएको छ।
नेपालीको देब्रे खुट्टामा घाउ भए पछि भारतका विभिन्न अस्पतालहरुमा लामाे समय उपचार गरे ।लाखौं रकम खर्च भयो तर निकाे नभए पछि हालै भरतपुर चितवन क्यान्सर अस्पतालमा उपचारका लागि त्यहाँ पुगेको तर रकम अभावले उपचारमा कठिनाई भएको विरामिका बाबु वादि दमाईकाे भनाइ रहेको छ ।भारतमा मजदुरि गरेको सबै रकम उपचारमै सकियो हाल सामान्य औंषधि गर्ने रकम समेत नभएकोले विरामिका बाबु वादि दमाई छाेरा वचाउनका लागि सबैसँग यतिखेर सहयोगकाे याचना गरिरहेका छन् ।आर्थिक अवस्था निकै कमजोर भएका कुल वहादुर नेपाली सबै सामु उपचार र जिवन रक्षाका लागि अपिल गरिरहेका छन् ।सहयोगका निम्ति उक्त नम्बरमा सम्पर्क राख्नुसक्न हुनेछ ।९७४४९७२०३१






