नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके, २४ असार । 

नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरू पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२/०६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो । 

विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बिपी, पुष्पलाल र सहिद सेतु विकको सालिकहरू पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ । 

सालिकसँगै चोकहरूको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरू आकर्षक देखिँदै गएको नगर प्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरूको शुभारम्भ गरिने उनको भनाई छ । 

२०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए ।

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

भेरी–बबईको विजुली राष्ट्रिय ग्रीडमा  जोड्न १३२ केभी

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

कर्णाली नदीमा वेपत्ता  भएका एक जनाको शव

Leave a comment

Your email address will not be published. Required fields are marked *