सुशासनको परिपालनामा अटेर  कर्णालीका २६ पालिकाले संघीय सरकारलाई  गराएनन् बजेट ल्याएको जानकारी 

ओम शाही
सुर्खेत, १२ असार । 
कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले बुधबार (१० असार) आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा राजश्व र व्यय (बजेट) प्रस्तुत गरे । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २५ अनुसार देशका सबै स्थानीय तहले प्रत्येक आर्थिक वर्षको १० असारभित्र आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोमिज कर्णालीका पालिकाले बजेट ल्याए । तर, संघीय सरकारको रेकर्डमा भने कर्णालीका ७९ मध्ये ५३ स्थानीय तहले मात्रै बजेट ल्याएको देखिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ११ असारसम्म कर्णालीका २६ अर्थात ३२.९ प्रतिशत पालिकाले अझै बजेट सार्वजनिक गरेका छैनन् । संविधानतः १५ जेठमा संघीय सरकारले, १ असारमा सातवटै प्रदेश र १० असारभि बजेट ल्याउनु पर्ने व्यवस्था छ ।
कानुनमा तोकिएको समय सीमामा कर्णालीका स्थानीय तहले बजेट नल्याएका भने होइनन् । जाजरकोटको भेरी नगरपालिका बाहेक अधिकांश पालिकाले बुधबार नै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बजेट ल्याएको आधिकारिक जानकारी भने दिएका छैनन् ।
मन्त्रालयले स्थानीय तहले बजेट सार्वजनिक गरेर सोही दिन आफ्‌नो वेबसाइटमा प्रविष्ट गर्ने व्यवस्था गरेको छ । तर, कर्णालीका २६ स्थानीय तहले सो वेबसाइटमा बजेट प्रविष्ट गरेका छैनन् । संघीय सरकारले सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्त राख्न डिजिटल ट्र्‍याक गर्ने व्यवस्था मिलाएको छ ।
सोही बमोजिम मन्त्रालयले स्थानीय तहको बजेट अपडेट गर्न छुट्टै वेबसाइट नै बनाएको छ । उक्त वेबसाइटमा स्थानीय तहहरुले बजेट सार्वजनिक भए लगत्तै अनिवार्य प्रविष्ट गर्नुपर्ने हुन्छ । जसका लागि युजर नेम र पासवर्ड दिइएको हुन्त । यो अनिवार्य आर्थिक सुशासनसँग जोडिएको विषय हो । तर, कर्णालीका २६ पालिका आफ्‌नो अनिवार्य दायित्वबाट बिमुख मात्रै भएका छैनन् आर्थिक अनुसानको धज्जीसमेत उडाएका छ्न ।
पालिकाहरुले सेवा प्रवाह तथा आर्थिक गतिविधिको यथार्थ डिजिटल जानकारी संघ तथा प्रदेश सरकारका विभिन्न डिजिटल वेब पोर्टलहरुमा प्रविष्ट गर्न छुट्टै दरवन्दीमा सूचना तथा प्रविधि अधिकृत राखेका छन् । स्थानीय तहको डिजिटल व्यवस्थापन गर्ने यिनै सूचना प्रविधि अधिकृतहरुले प्रस्तुत भइसकेको बजेट वेबसाइटमा अपलोड नगर्दा पालिकाहरु बजेटविहिन बनेका हुन । यो अन्तरसरकारी वित्त व्यवस्थापन ऐन विपरितको कार्य हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत लक्ष्मीप्रसाद अधिकारीले १० असारभित्र बजेट सार्वजनिक भए लगत्तै सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा अनिवार्य अपलोड गर्नुपर्ने बताउँछन् । तोकिएको समयावधिमा बजेट अपलोड नभएमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा असर पर्ने उनले बताए ।
तोकिएको समयमा बजेट सार्वजनिक गरेको तर संघीय सरकारको वेबसाइटमा अपलोड नगरेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका सुचना प्रविधि अधिकृत डिलबहादुर भण्डारीले शुक्रबार (१२ असार) बजेट पास भएपछि अपलोड गरिने दावी गरे । उनले बजेट पास भएपछि अपलोड गरेपनि केही नुहने तर्क गरे ।
यी हुन् वेबसाइडमा बजेट प्रविष्ट नगर्ने पालिका 
एक नगरपालिका र तीन गाउँपालिका रहेको मुगुमा सोरु गाउँपालिकाले आगामी वर्षको बजेट समान्य प्रशासन मन्त्रालयको वेबसाइटमा राखेको छैन । यस्तै, दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पाका पाँच स्थानीय तहले बजेटका बारेमा संघीय सरकारलाई जानकारी गराएका छैनन् ।
बजेट सार्वजनिक नगर्ने डोल्पाका स्थानीय तहहरुमा ठूलीभेरी नगरपालिका, काईके गाउँपालिका, छार्काताङसोङ गाउँपालिका, मुड्केचुला गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिका छन् । सात गाउँपालिका रहेको हुम्लाका चार पालिकाले बजेट सार्वजनिक गरेपनि सामान्य प्रशासन मन्त्रालयको वेबसाइडमा राखेका छैनन् ।
बजेट सार्वजनिक नगर्ने हुम्लाका स्थानीय तहहरुमा चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका, नाम्खा गाउँपालिका र सर्केगाड गाउँपालिका छन् । एक नगरपालिका र ६ गाउँपालिका रहेको जुम्लामा चन्दननाथ नगरपालिका र तिला गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । त्यस्तै, कालीकोटका दुई स्थानीय तह शुभकालिका र महाबै गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गरेका छैनन् ।
कालीकोटमा तीन नगरपालिका र ६ गाउँपालिका छन् । तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुम पश्चिममा चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । सल्यानमा तीन नगरपालिका र ६ गाउँपालिका छन् । जसमा बागचौर नगरपालिका, कपुरकोट गाउँपालिका, कालिमाटी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले संघीय सरकारको वेबसाइटमार्फत बजेट सार्वजनिक गरेका छैनन् ।
त्यस्तै, सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिका मध्ये ६ वटाले मात्रै बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक नगर्ने स्थानीय तहहरुमा वीरेन्द्रनगर नगरपालिका, सिम्ता र चिङ्गाड गाउँपालिका छन् ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा पाँच पालिकाले बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक नगर्ने पालिकाहरुमा भेरी नगरपालिका र बारेकोट गाउँपालिका छन् । त्यस्तै, चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा आठबीस नगरपालिकाले हालसम्म संघीय सरकारलाई बजेटका बरेमा जानकारी गराएको छैन ।
सुशासनको परिपालनामा अटेर  कर्णालीका २६ पालिकाले संघीय सरकारलाई  गराएनन् बजेट ल्याएको जानकारी 

विपद् पूर्वतयारी सुदृढ बनाउन नलगाड नगरपालिकालाई २३

सुशासनको परिपालनामा अटेर  कर्णालीका २६ पालिकाले संघीय सरकारलाई  गराएनन् बजेट ल्याएको जानकारी 

बाँकेका आठ स्थानीय तहको कुल बजेट ७

Leave a comment

Your email address will not be published. Required fields are marked *