हुम्लामा मितेरी पार्टीका उम्मेदवार शाहीले उम्मेदवारी फिर्ता लिए, एमालेका दल फडेरालाई समर्थन

हुम्ला ,१० माघ।
हुम्लामा नेकपा (एमाले) का उम्मेदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीकी उम्मेदवार जयबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।आफूले उम्मेदवारी फिर्ता लिएर फडेरालाई सहयोग गर्ने शाहीले जानकारी दिए । एक मात्र निर्वाचन क्षेत्र भएको हुम्लामा आठ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।






