२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पुनः खुल्यो अवरुद्ध: कर्णाली राजमार्ग

गाेल्डेन बुढा,

जुम्ला,९ साउन।
अविरल वर्षापछि कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। रातभर अवरुद्ध बनेको राजमार्ग शनिबार बिहानदेखि पुनः खुल्दा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।शुक्रबार साँझ करिब ७ः४५ बजेदेखि पूर्ण रूपमा बन्द भएको राजमार्ग सडक डिभिजन कार्यालयले डोजर परिचालन गरी पहिरो पन्छाएपछि शनिबार बिहान ७ः२० बजेदेखि दुवैतर्फ सवारी सञ्चालनमा ल्याइएको हो।राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु बोकेका यात्रुवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीसाधन गोगने आसपासका क्षेत्रमा रातभर अलपत्र परेका थिए।

सडक खुलेपछि रोकिएका सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ।यद्यपि सडक सञ्चालनमा आए पनि जोखिम भने हटेको छैन। निरन्तरको वर्षाले सडकमाथिको भूभाग कमजोर बनेकाले गगने क्षेत्रमा जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।हाल वर्षा रोकिएर मौसम केही खुलेको भए पनि पहिरोको खतरा पूर्ण रूपमा नटरेको भन्दै कार्यालयले यात्रुलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, अनावश्यक जोखिम नलिन र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।मनसुन सक्रिय भएसँगै कर्णाली राजमार्गका विभिन्न पहिरोग्रस्त खण्डमा पटक–पटक सडक अवरुद्ध हुने क्रम जारी रहेकाले यात्रु र चालकलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!