घुयँत्राे:“हारको समीक्षा होइन, कार्यकर्ताको सफाया अभियान!”

चुनाबमा देशका पुराना दल एमाले र काँग्रेसले लाजमर्दो पराजय भाेगेछि । एमाले अध्यक्ष केपि वलि र महासचिव शंकर पाेखरेल कार्यकर्तालाई निमिट्यान्न पार्ने गरि कारवाहिमा लाग्याछन । त्यसकै परिणामस्वरूप जिल्ला जिल्लाबाट चुनाब हार्नुका कारणमा वलिकाे दाेष नभएर जिल्लाका कार्यकर्ताकाे दाेष देखाएर जिल्ला अध्यक्षलाई मन नपर्ने कार्यकर्ता जतिको लिष्ट केन्द्रमा पठाएर आफ्ना विपक्षि र अध्यक्षकाे विचार विपरित विचार राख्ने कार्यकर्तालाई एमालेले राजनीतिमा सदाकाका लागि चिरनिद्रामा पर्ने गरि कार्वाही गर्दैछ । यसकाे घाेषणा अध्यक्ष वलि र महासचिव पाेखरेलले गरि सकेका छन । आफ्नाे विगतकाे गतिविधि अनि युवाकाे चाहना विपरित अध्यक्ष वलिका क्रियाकलाप र जेनजी आन्दोलनको मर्मलाई विर्सेर मेराे गाेरुकाे बाह्रै टक्का गर्नु तथा पुरानादलप्रतिकाे चाहना जनतामा घटनु र देशलाई बेथिति विसंगति भष्टाचार र सुशासनकाे निमेषमात्रै पनि वलि सरकारमा नहुनु र यसजीच जनतामा घण्टीमा बढेकाे लहरले चुनाब हारियाे भन्ने वास्तविकतालाई लुकायर कार्यकर्ताकाे कारण चुनाब हारियाे भन्ने जुन भाष्य दलभित्र जसरि खडा गरिँदैछ र कार्यकर्तालाई कार्वाहि गर्न खाेजिँदैछ यसले एमाले फेरि अर्को चाेटि पनि दलदलमा भाषिँदैछ भन्ने बुझ्न गाह्राे छैन । याैटा हरूवा दलकाे हालत त्यस्ताे छ भने अर्काेहरुवा दल ( काँग्रेस ) का अध्यक्ष केही दिन जनतालाई नैतिकताको पाठ सिकाउन लागे र नैतिकता अन्तरगत दिएकाे राजीनामा फिर्ता गरेर अब देशैभर पाटिले चुनाब हार्नुकाे कारण खाेज्दैछ । चुनाब कसरी हार्याे भन्ने कुरा याे वेशमा बस्ने बच्चा बच्चाले पनि थाहा पाएका छन कि काँग्रेसले चुनाब हार्नुकाे कारण दल र सरकार भित्रकाे भष्टाचार हाे । जनताले जे चाहेका छन त्यसकाे विपरित हिँडने र ऐलेसम्म यी दलका वैकल्पिक दल नभेटिँदा बाध्यताले भाेट दिएकाे र यश पटक वैकल्पिक दल आई सकेकाेले जनताले विकल्प खाेज्न लागेकाे कुरा निर्वाचन प्रचारका बेला प्रस्ट देखिएकाेमा फेरि त्याे वास्तविकतालाई बिर्से फेरि पनि कार्यकर्तालाई नै कार्वाहि गर्ने जुन अभियान गगन थापाले चाल्न खाेजेका छन । यदि उनले कार्यकर्तालाई नै कार्वाहि गर्ने अभियान जारि राखेभने भाेलिका दिनमा बचेखुचेकाे संगठन पनि सिध्दिनेछ र भारतीय काँग्रेसकै जस्ताे अबस्थामा मुखाँ माखा भन्काउँदै हिँनु पर्ने अबस्था आउन सक्छ । त्यसैले कार्यकर्तालाई कार्वाहि गर्नु अघि दशचाेटि निधार खुम्च्याएर साेच्न जरुरी छ । त्यसाे त ऐलेका २ तिहाईकाे सरकारले देशकाे प्शासनिक सुधारदेखि विकास निर्माणका काममा जसरि अघि बढने कुरा गरि रहेकाे छ र राेड म्यापहरुनि सार्वजनिक भै रहेका छन त्यसलाई हेर्दा अब जनता पुराना दल काँग्रेस एमाले भनेर बस्नेवाला छैनन । उनिहरुमा काँग्रेस एमाले भनेर जनताकाे माेह पलाउला जस्तो पनि छैन । ४२ सालदेखि काँग्रेस एमालेले देशलाई जुन घेराबन्दीमा राखे आजसम्म त्याे घेराबन्दी ताेडने उपाए नभएकाले नै काँग्रेस एमालेले पालै शान्ति खाए र जङ्गलकाे बहानामा संविधान मार्फत डर धाक धम्की र जनत्रास सृजना गरेर सत्तामा पुगेकाे माओवादिले नि करिब २० बर्ष खायाे । यी ३ वटै दलकाे विकल्पमा दल नहुँदा जनता उनिहरुलाई मत दिन बाध्य थिए तर याे पटक वैकल्पिक दलकाे रुपमा रास्वपालाई स्विकार गरेर जसरि मतदाताले २ तिहाई मत दिए यसले अब पुराना दलकाे अस्थित्व समाप्त गरि दिएकाेछ । यसकार आँफुलाई जनतामाझ दलका रुपमा उभ्याउने हाे भने दलमा जनताले बुझ्ने गरि सुधार हुनु पर्याे र ४० बर्षदेखिका भष्टाचारीलाई दलभित्र राख्नु भएन तब मात्र जनताले यीनिहरुलाई पनि बिस्तारै हेर्न सक्छन ।हैन भने कार्यकर्तालाई कार्वाही गर्दैमा जनता यी २ दलका पछि लाग्दैनन । वलि र गगनमा चेतना भया ।!






