कर्णालीको कृषि क्षेत्र जग्गाको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

ओम शाही

सुर्खेत, ९ असार ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा कर्णाली प्रदेशमा खाद्य बालीले ढाकेको कुल क्षेत्रफल ०.३७ प्रतिशतले बढेको पाइएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा खाद्य बालीले ढाकेको क्षेत्रफल ५.२० प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षमा धान बालीले ढाकेको क्षेत्रफलमा २.९४ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदन अनुसार मकै, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.३१ प्रतिशत, ११.१७ प्रतिशत र २.४९ प्रतिशतले वृद्धि भएको देखाएको छ । यस्तै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफल समान ०.२५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा ०.२५ प्रतिशतले वृद्धि भएको छ भने फलफूल खेतीले ढाकेको क्षेत्रफल ४.५१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.०५ प्रतिशतले घटेको छ । तथापि यस अन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन भने २.०६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौ र फापर बालीको उत्पादन क्रमशः ४.७६ प्रतिशत, ०.२५ प्रतिशत, २.५० प्रतिशत, ०.३४ प्रतिशत, १३.७४ प्रतिशत र २.५१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ को पुरा मसान्तसम्ममा तरकारी तथा बागबानी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमशः ४.७७ प्रतिशत र ४.११ प्रतिशतले घटेको छ । फलफूलहरुमध्ये सुन्तला, केरा र स्याउको उत्पादनमा क्रमशः १२.५७ प्रतिशत, १.५० प्रतिशत र ०.४८ प्रतिशतले कमी आएको छ भने आँपको उत्पादन १.० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा फलफूलको उत्पादन १०.४३ प्रतिशतले बढेको थियो । उक्त अवधिमा सुन्तला, आँप, केरा र स्याउको उत्पादन क्रमशः ११.३२ प्रतिशत, ११.०२ प्रतिशत, १.१९ प्रतिशत र १०.८८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा मसला उत्पादन ०.२५ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा मसला उत्पादन ०.४३ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खाद्य बालीले ढाकेको क्षेत्रफलमा सुर्खेत जिल्लाको हिस्सा सबैभन्दा धेरै १९.७६ प्रतिशत रहदा सबैभन्दा कम हुम्ला जिल्लाको हिस्सा २.३६ प्रतिशत छ । यस्तै, तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा सल्यान जिल्लाको हिस्सा सबैभन्दा धेरै ३९.११ प्रतिशत छ । सबैभन्दा कम हुम्ला जिल्लाको हिस्सा १.९१ प्रतिशत रहेको तथ्यांकले देखाउछ । यस्तै, फलफूल बालीले ढाकेको क्षेत्रफलमा जुम्ला जिल्लाको हिस्सा सबैभन्दा धेरै २५.९० प्रतिशत र रुकुम पश्चिम जिल्लाको हिस्सा सबैभन्दा कम १.६७ प्रतिशत छ । मसला बालीले ढाकेको क्षेत्रफलमा सल्यान जिल्लाको हिस्सा सबैभन्दा धेरै ३८.४२ प्रतिशत र डोल्पा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।

कर्णालीमा यातायात, सिँचाइ सुविधा तथा अन्य आवश्यक भौतिक पूर्वाधारहरु अभावले कृषि क्षेत्रमा लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकिएको छैन । कृषि क्षेत्रमा आवश्यक श्रमिकको अभावले कृषि पेशालाई सम्मानित पेशा र आयआर्जनको भरपर्दो स्रोतको रुपमा स्थापित गरी युवाहरुको बढ्दो विदेश पलायन दर रोक्न कर्णालीका लागि ठुलो चुनौती रहेको राष्ट्र बैंकले  औल्याएको छ । यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा समय–समयमा देखिने महामारीजन्य रोगबाट हुने जोखिम न्यूनीकरणदेखि प्राविधिक तालिम, प्राविधिकको सहज उपलब्धता, उन्नत बीउबिजन, मल र अन्य कृषि सामग्रीहरुमा कृषकहरुको पहुँच नबढ्दा कर्णालीको कृषि क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । 

घट्यो कृषि क्षेत्रको कर्जा

२०८२ पुरा मसान्तमा कर्णाली प्रदेशमा प्रवाह भएको कृषि कर्जा २०८१ पुरा मसान्तको तुलनामा ५.०७ प्रतिशतले घटेको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ७.६३ प्रतिशत हिस्सा कृषि कर्जाले ओगटेको छ । २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा कर्णालीमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा ५.०७ प्रतिशतले घटेर चार अर्ब ८९ करोड ४० लाख कायम भएको छ । प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन/पशुपधशाला शीर्षकमा एक अर्ब १२ करोड ९३ लाख प्रवाह भएको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । कर्णालीमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै एक अर्ब ७१ करोड सुर्खेतमा प्रवाह भएको छ भने सबैभन्दा कम १२ करोड ७१ लाख मुगुमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

कर्णालीको कृषि क्षेत्र  जग्गाको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

सम्पादकीय: सामुदायिक विद्यालयको साख गिर्न नदेऊ

कर्णालीको कृषि क्षेत्र  जग्गाको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

अर्जेन्टिना नकआउट चरणमा, मेस्सी बने सर्वाधिक गोल

Leave a comment

Your email address will not be published. Required fields are marked *