बाजुरा र हुम्लाबीच सीमा विवाद, पाँचजना घाइते

बाजुरा ,५ जेठ ।
बाजुरा र हुम्ला जिल्लाबीच सीमा विवाद भएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवादमा दुई पक्षबीच झडप भएको हो । सीमा र प्रहरी चौकी निर्माणमा विवाद चर्कंदा प्रहरीसहित स्थानीयबीच झडप भएको हो।
झडपमा प्रहरीसहित पाँचजना घाइते भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका स्थानीयले सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि बाजुराको हिमाली गाउँपालिकाका स्थानीयसँग झडप भएको थियो ।
झडपमा हिमाली गाउँपालिका–३ का वडासदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका छन् ।






