कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी 

दाङ, ५ जेठ । 

यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुशी भए । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउँछन । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ ।

कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताए । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपर्थ्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उनले भने । हाल मासिक  १४–१५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाई छ ।

उनी जस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउँछन् । “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुछ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्‌को कमाइ भने बचत गर्दै आएका छौँ”, उनले भने ।

पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उहाँजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन् । घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी  स्थानीयलाई रोजगारी दिलाइ रहेका छन् । उमेरले ३७ बर्ष पुगेका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएको छ ।

जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बन्नुभएको छ नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिएको छ । जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन । विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् ।

सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारीखेती गर्दै आएको छ । बार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ बार्षिक खर्च गर्छन ।

जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्छन । उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गरेका छन् । सानैदेखि तरकारीखेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारीखेतीमा लागेको भन्दै जिसीले भने, “तरकारीखेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।”

उनले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आएको छ । उनले उत्पादन गरेको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ ।

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी 

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी 

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर

Leave a comment

Your email address will not be published. Required fields are marked *