घुयँत्राे:“देश बनाउने कि एकअर्कालाई ठोक्ने ? सरकार–अदालतको दोहोरीमा जनता रेफ्री !”

भाद्र २३ अघिकाे वलि सरकार धराशाहि हुनुका प्रमुख कारण मध्ये भष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु नै हाे । त्यसपछि त्यै मुद्दाले धेरै कुरालाई समेट्याे र एकपछि अनेकन खाेट देदाउँदै पुराना पाटिले चलाएकाे करिब ३ दशक बढिकाे शासनकालमा पुराना दलले गरेका राम्रा कुराभन्दा नराम्रा कुरनहरुकाे थुप्रो लाएर देउबा,वलि र प्रचण्डकाे खेदाे खन्नसम्म खनेछि बिचारा पुराना दलहरु ठाडाे उठनै नसक्नेगरि फागुन २१ काे चुनाबाँ मतदाताले परास्त गरे । पुराना दललाई खुरुम्क विस्थापन गर्नु भन्दा पनि जेनजीका नाममा गरिएकाे सरकारी र निजि सम्पति ध्वस्त बनाउने खेलले जनता त्रसित भए । त्यसपछि बनेकाे सुशिला कार्किकाे सरकारसितै अब देशले विकासमा गति लिन्छ भन्ने आश शर्वसाधारणमा नपलाएकाे हैन । तर चुनाबपछि बनेकाे सरकार र सरकारका हरेक गतिविधिमा न्यालयले लिन थालेकाे टकरावका कारण फेरिपनि राँगाकाे लडाइँ पाडाकाे मिचाई हाेला जस्ताे देखिएकाेछ । पुराना दलसित देखिएकाे सरकारकाे विमति अब न्यायालयशीत देखिदै जानाले देश अग्रगतिमा हैनकि दुर्गतिमा जाने संकेतहरु देखिँदैछन । हिजाे दलले भष्टाचार गरेर देश सिध्याए तर पनि उनिहरुमा रतिभर पश्चाताप छैन त्यसैगरि अदालत , सरकारले गर्न पाउने हरेक सरकारी निर्णय, विकास निर्माण ,आर्थिक गतिविधि र प्रशासनिक निर्णयमा अदालत बाधक बनेर उभिन थालेपछि देश अशान्ति उन्मुख हुँदैछ । सरकार अग्रगामीरुपमा अघि बढन खाेज्ने तर अदालत देशमा अस्थिरता पैदा गरेर पुरानै दल र त्यसका भष्टाचारी नेताहरुलाई स्थापित गर्न लाग्ने हाे भने जनता फेरि सडकमा आउने परिस्थिति बन्न सक्दछ । नेपालमा न्यालयहरु पनि चरम भष्टाचारमा डुबेकाछन भनेर न्यायमूर्तिहरुका विरुद्ध जनताहरुले आवाज उठाउन थाली सकेका छन । अब जनता न्यालयले कार्वाहि गर्छ र कार्वाहिमा परिन्छ भन्नेमा रत्तिभर डराउने पक्षमा छैनन । किनभने न्यायाधीशहरु कैयौं मुद्दामा विवादित भई सकेका छन । यै विवादित बनेकै कारण बालेन सरकारले ज्येष्ठताकाे आधार छाेडेर अन्य ब्यक्तिलाई प्रधानन्यायाधीश बनाउन बाध्य भएकाेछ । देश बनाउने हाे भने सरकार आफ्नो ठाउँमा र न्यालय आफ्नो ठाउँमा बसेर एक अर्काप्रती प्रतिष्पर्धात्मक वातावरण सृजना गरेर हैनकि देश विकास र जनताकाे समृद्धि हुनेगरि काम गरेर अघि बढनु पर्दछ। सरकारका अङ्गहरुनै आपसमा लडाभाँति गरेर उपलब्धि केही हुनेवाला छैन ।बरु हिजाेका भष्टाचारी दल, त्यसका नेता र कर्मचारीहरुले डुवाएकाे देशलाई कसरी भष्टाचारबाट मुक्त गराउन सकिन्छ । वेराेजगारीकाे अन्त्य गर्न सकिन्छ र देश विकास गर्दै जनतालाई समृद्ध गराउन सकिन्छ सबैकाे ध्यान त्यतातिर जान जरुरीछ । हिजाेका दिनमा अदुरदर्षि नेताका कारण जनताले जसरि दुख पाए अब याे सरकार र न्यालयकाे टक्करले जनताले दुख पाउनु हुँदैन । देश विकास नहुनुकाे मुख्यजड भष्टाचार,वेराेजगारी,वेथिति दलालिगिरि,भएका उद्योग धन्दाकाे जरै नष्ट गरिनु र याे देशकाे कानुन र सरकारी नितिकाे भय र त्रासले नत स्वदेशि लगानी कर्ताले उद्योग खाेल्न तयार भए नत विदेशिहरु नेपालमा लगानी गर्न अग्रसर भए जसका कारण युवा जनशक्ति पूरै वेराेजगार रह्याे र युवाहरु विदेश पलायन हुन थाल्याे । सरकारलेनि विदेशि युवाले कााएकाे पैशामा रेमिट्यान्स असुल गरेर रेमिट्यान्समै सरकार चलाउने नीति लियाे फलस्वरुप देश प्रगति र उन्नति शून्यमा हल्लिई रह्याे तत्कालीन सरकारले त्यसलाईनै उपलब्धि ठान्याे । तर भित्रभित्रै मक्कि सकेका दलका व्यबहारका कारण देशमा विष्फाेट भयाे र २४ भाद्रमा सबै चिज छिन्न भिन्न भयाे । अब सबै कुराकाे नयाँ तरिकाले सृजना बाेन सरकार लागि रहेकाेछ । जब कसैले म बनाउँछु भनेर छाेटाे समयमानि धेरै सकारात्मक परिणाम देखाउँ भने उसकाे कामलाई साथ दपनु हरेक नेपालिकाे कर्तब्य हाे । जुनदिनसम्म उ सकारात्मक र परिणाममुखि बाटाे समाएर हिँडछ त्यसदिनसम्म साथ दिनु सबैकाे कर्तब्यपनि हाे त्यसैले यसमा पनि अँझै कहिँ कसैले नकारात्मक साेच बनाएर हिँडछ र त्यस्तै परिणाम निम्त्याउने पर्यत्न गर्छ भने अब जनताले सँधैभरि मुख ताकेर बस्नेवाला छैनन । त्यसैले पुरानादल हुन वा नयाँ सरकार या हाेस सरकारका अन्य कुनै निकाय जनताले छाेडनेवाला छैनन । सराेकारवालामा चेतना भया ।




