तीन महिनाका लागि यारी नाका भन्सार कार्यालय बन्द

हुम्ला ,२७ पुस।
तीन महिनाका लागि नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय बन्द गरिएको छ। हिल्सामा चीनको ताक्लाकोटबाट ब्यापारी र सामान आयात रोकिएपछि कुनै कारोवार नहुँँदा भन्सार कार्यालय बन्द गरिएको हो।
पुस महिनाबाटै चीनको ताक्लाकोटबाट ब्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयम आई पुगेको उक्त कार्यालयका प्रमुख रामराज जैसीले बताए। चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार बिभागसंगको समन्वयमा कार्यालय बन्द गरेर कर्मचारी फिर्ता हुनु परेको हो।
यस वर्ष हिजो आज हिमपात नभए पनि नारा खण्ड गत कातिक महिनामा परेको हिउले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवा समेत बन्द भएको छ। यसको कारण चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छोडेको छ। कुनै कारोवार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नु भन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आएर बस्नु परि रहेको छ। चीनले हिल्सा नाका भने खुल्ला नै राखेको छ।

अब आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता हुनेछन। हिमपात भए उक्त समयमा पनि सडक अबरुद्ध हुने भएको कारण बैशाख महिनापछि मात्र पनि कार्यालयम कर्मचारी उपस्थिती हुने संभावना पनि उस्तै रहेको छ। गत साउन महिना यता यारी नाका भन्सार कार्यालयले अठार लाख ६५ हजार रुपियाँ राजस्व असुली गरेको जनाएको छ। यो राजस्व गतवर्ष भन्दा दोब्बर हो।

तीन महिनाका लागि यारी नाका भन्सार कार्यालय बन्द

हुम्लाका २५ वटा मतदानस्थल सडकको पहुँँचबाट टाढा

Leave a comment

Your email address will not be published. Required fields are marked *