मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, २३ जेठ । 

अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड दिन विश्वका विभिन्न मुलुकमा  ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तरराष्ट्रिय दिवस’ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ मा मनाइने यस दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध, अप्रमाणित तथा अनियमित माछा मार्ने गतिविधिविरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउनु हो ।

यो दिवसको सुरुआत सन् २०१५ मा राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) अन्तर्गतको भूमध्यसागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्ताव सन् २०१७ जुलाईमा महासभाले स्वीकृत गरेपछि भएको हो ।

एफएओका अनुसार मत्स्य समितिले जुन ५ लाई ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तर्राष्ट्रिय दिवस’का रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जुन ५ मा ‘पोर्ट स्टेट मेजर्स एग्रिमेन्ट’ अन्तरराष्ट्रिय सन्धिका रूपमा औपचारिक रूपमा लागू भएको दिनको स्मरणमा चयन गरिएको हो ।

महासभाले सोही प्रस्तावमार्फत सन् २०२२ लाई ‘साना स्तरका मत्स्य व्यवसाय तथा जलकृषि अन्तरराष्ट्रिय वर्ष’का रूपमा पनि घोषणा गरेको थियो ।  यस पहलले विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब ९० प्रतिशत  माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो ।

राष्ट्रसङ्घका अनुसार अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनले समुद्री पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्नुका साथै कानुनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढाएको छ । त्यसैले समुद्री स्रोतको संरक्षण, दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित राख्न अन्तरराष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन दिवसले प्रेरित गर्ने विश्वास एफएओले व्यक्त गरेको छ ।

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना

Leave a comment

Your email address will not be published. Required fields are marked *