घुयँत्राे:महाधिवेशन खोज्दै महामन्त्री, भविष्य खोज्दै कार्यकर्ता, पुच्छर सिधा खोज्दै काँग्रेस

हाम्राे गाउँ घराँ याैटा उखान छनि ” कुकूरकाे पुच्छर १२ बर्ष ढुग्राँ राख्याे जस्ता त्यस्तै ” भन्याजस्तै काँग्रेसका नेताहरुमा समय अनुसार परिवर्तन हुने साेचनै छैन त अनि जति सुकै जेनजी आन्दोलनले सुध्र भनेनि माओवादि आन्दोलनले सुध्र भनेनि ती सुध्रनेवाला छैनन ।

आफ्नाकार्यकर्ताले सुध्रन अनुराेध गर्नु त झन बेकार मात्रै हैनकि अनुशासन विपरितनि हुन सक्छ । त्यसैले अब जनताले पुरानाे पाटि, राणाविरुद्ध लडेकाे पाटि, स्वदेशमा मात्रै हैन विदेशमा समेत बसेर लडेकाे पाटि भनेर वीपीकाे दुहाईमा फेरि पनि पत्याउलान भन्ने स्थिति छैन । नयाँ नयाँ जन्मेका पाटिले ती पुराना र रुढिवादि अनि समयकाे मागसँगै चल्न नसक्ने पाटिलाई पत्याउलान भन्ने देखियन । खासगरि संयुक्त सरकार चलाएका याे देशका सबभन्दा पुराना पाटिका नेताहरु उमेर ,अबस्था , साेचले गलस्त भएर केही गर्न नसक्ने अबस्थामा पुग्दा पनि पाटि र सरकारका पद हत्याएर आफू र आफ्नो परिवारले मात्रै चलाउने भन्ने जुन साेचछ त्याे नै वर्तमानमन ती पाटिहरुका लनगि खतर्नाकछ तर उनिहरु नत आफू पद छाेडन तयार छन न नयाँ पिडिले भनेजस्ताे भष्टाचारीलाई कार्वाहि गर्न तयार छन । भष्टाचार,वेथिती र लथालिङ्गकाे अबस्थालाई सम्हाल्नै नसक्ने र वर्तमानकाे आबस्यकता अनुसार परिवर्तन हुनै नचाहने नेतृत्वको कारण नेपाली काँग्रेस जनतामा सबैभन्दा वढि आलाेचित बनेकाेछ भने पाटिकाे महाधिवेशन गर्न नसकेर आफ्नै कार्यकर्तावीच पाटि नेताहरु बदनाम बनी रहेकाछन । यहि अबस्थामा आएर पाटि सदस्यता नविकरण गर्न नसकेर महामन्त्री त्तफ्नाे पदिय दायित्वबाट चुकि सकेकाछन । नियमित महाधिवेशन गर्न नसकेकाे असफलताकाे दाेष अरुमा थाेपरेर दुईवटा महामन्त्री हरु विशेष अधिवेशनकाे चिर्पेटाे बुझाउनेहरुकाे पछि लागेर विशेष महाधिवेशनकाे हुँक्कार हालि रहेका छन । पाटि भित्रकाे याैटा पंक्तिलाई पुरै किनारा लगाएर अर्काे पंक्तिलाई लिएर हिँडने महामन्त्री गगन थापाकाे उद्देश्य पूरा हुन सक्ला तर याे अबस्था पाटि एक रहन सक्ने अबस्था देखिन्न । त्यसै त नयाँ जन्मेका दलहरु एक भएर पुराना पाटि काँग्रेस एमालेलाई सिध्याउने दाउमा छन यस्ताे अबस्थामा झन महाधिवेशनकै निहुमा काँग्रेस का दुई महामन्त्रीले पाटि फुटाले भने ओलिले वर्तमानमा काँग्रेस एमाले गठबन्धनमा चुनाबमा जाने जुन सहमति गरेकाछन त्याे सहमति पनि ओलिले अबस्य राख्ने छैनन । फलत काँग्रेस पाटि नेपालका सबैभन्दा निकम्मा पाटिमा दर्ज त हुनेनैछ भने हिजाेसम्म दाेश्राे पाटिका रुपमा रँहँदै आएकाे पाटि सबैभन्दा कमजाेर पाटिकारुपमा दरिन पुग्नेछ । एक्कै छिनकाे सनककाे भरमा सारा पाटिलाई डामाडाेल हुनबाट बचाउन सक्ने निर्णय गर्ने हिम्मत काँग्रेसका कुनै नेतामा ऐलेसम्म देखियन । भदाैरे आन्दोलनले लगेकाे यीनिहरुकाे साताे नआएरै त हाेला कसैले पनि याैटा हिम्मतिलाे निर्णय गर्दै भदाैरे ( जेनजी) आन्दोलनबारे प्रष्ट धारणा र सबैतिरबाट उठि रहेकाे पाटि महाधिवेशन चुनाबका मुखमा आएर किन गर्न नसकिने भन्ने धारणा पाटिका तर्फबाट स्पष्ट नराखेसम्म २ महामन्त्री विशेष अधिबेशन गर्नेनै निर्णयमा पुगेभने यसले पाटिमा ठूलाे भूइँचालाे जानेछ ।

त्यसैले निर्णय कर्ताहरुले अँझैपनि निर्णय नगरेर चुपचाप बसि रहने हाे भने काँग्रेस पाटि सुधारियाे ,राम्रो बनाेस र आउने चुनावमा जनताबाट अनुमाेदित हाेस भन्ने चाहना राख्नेहरुमाथि अन्याय हुन सक्छ । यदि काँग्रेसमा अँझै पनि लाेकतान्त्रिक चरित्र छ भने उसले लाेकतन्त्रकाे पक्षमा निर्णय गरेर चुनाबमा जाने रणनीति सहित भविष्यमा काँग्रेसले गर्न चाहेकाे धारणा तत्काल जनता सामू राख्नु पर्दछ । अन्यथा उहीँ कुकूरकाे पुच्छर ढुङग्राँ भन्ने उखान दाेहर्याई रहनु पर्दा त्याे पाटिका समर्थक र सुभेच्छुकलाई दुख्ख त लागी रहन्छ हाेला नि । हैन र ?!

घुयँत्राे:महाधिवेशन खोज्दै महामन्त्री, भविष्य खोज्दै कार्यकर्ता, पुच्छर सिधा खोज्दै काँग्रेस

झिसमिसे उज्यालोमै चिसोले काप्दै मलको लाइनमा  बाँकेका

घुयँत्राे:महाधिवेशन खोज्दै महामन्त्री, भविष्य खोज्दै कार्यकर्ता, पुच्छर सिधा खोज्दै काँग्रेस

सल्यान एमालेबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह एकल

Leave a comment

Your email address will not be published. Required fields are marked *