भाद्र महिनामा सुर्खेत मालपोत कार्यालयले उठायो २ करोड ६५ लाख बढि राजस्व

सुर्खेत १४, असोज ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतको मालपोत कार्यालय सुर्खेतले भाद्र महिनामा मात्र २ करोड ६५ लाख ४ हजार ४ सय ३९ रुपैयाँ राजस्व संकलन गरेको छ। यससँगै चालु आर्थिक वर्षको भाद्रसम्म कुल ६ करोड ७ लाख ७० हजार २ सय ७० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख जनक बहादुर हमालले जानकारी दिनुभयो।

कार्यालयका अनुसार भाद्र महिनामा १ हजार १७५ कारोबार भएको छ भने यसअघिका महिनासहित कुल कारोबार संख्या २ हजार ४८२ पुगेको छ। सबैभन्दा बढी कारोबार नामसारीतर्फ भएको छ। भाद्रमा मात्र ६२२ वटा नामसारी दर्ता भई करिब २ करोड १२ लाख ७९ हजार १८ रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, पूँजीगत कारोबारबाट ९१३ कारोबारमार्फत १ करोड ३६ लाख ९७ हजार ३ सय ७४ रुपैयाँ, लाभकरतर्फ ७९ कारोबारबाट १३ लाख ४२ हजार ४ सय ८९ रुपैयाँ, रजिष्ट्रेशनमार्फत २३६ कारोबारबाट १ करोड ८५ लाख २२ हजार १ सय ३५ रुपैयाँ राजस्व संकलन भएको देखिन्छ।

दृष्टिवन्धक कारोबारबाट ४०३ कारोबारमा ६ लाख ८९ हजार ९ सय रुपैयाँ संकलन भएको छ भने दाखिला खारेज, घर कायम, हालसाविक, संशोधन लगायतका अन्य शीर्षकबाट पनि राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

छूटतर्फ महिलाबाट १८५ कारोबारमार्फत २४ लाख पच्चीस हजार तीन सय सत्र रुपैयाँ, दलिततर्फ ३ कारोबारबाट २४ लाख चौवालीस हजार एक सय त्रानब्बे रुपैयाँ र एकल महिला छूटमार्फत ५८ हजार सात सय पच्चीस रुपैयाँ राजस्व छुट प्रदान गरिएको तथ्यांकमा उल्लेख छ।

कार्यालयले प्राप्त उपलब्धिलाई चालु आर्थिक वर्षको सकारात्मक प्रगति मान्दै सेवाग्राहीलाई अझ सहज र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

 

भाद्र महिनामा सुर्खेत मालपोत कार्यालयले उठायो २ करोड ६५ लाख बढि राजस्व

दसैंमा तस्करी नियन्त्रणमा बाँके प्रहरी सक्रिय, खसी–बोका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds