घुयँत्राे:“राजधानीको पैरो, गाउँको पानि — दशैं मनाउने कि अस्तित्व बचाउने?”

याे बर्षकाे दशैं त्यसै त जेनजी आन्दोलनले निरस बनाईद्याथ्याे अँझ भएन भनेर दशैँका तिनै दिन पानी परेर दशैं जलाम्य र हिलाम्य हुने भनेर माैशम विज्ञान विभागले भविष्य वाणी गर्देछि बिचरा राजधानियाट डाँडाे पैराे छिचाेल्दै कति दिन लाएर घर पुग्या मान्छेहरलाई किन घराँ आ हुम्ला भन्या झैँ भा हाेला ।
त्यशै त आन्दोलनले त्राहित्राहि भाका मान्छेहरु अँझ भएन भनेर पानीले कतै जाने उछार बाटाे नदेछि दशैंसित कति रिस उठ्या हाेला हगि ! याे लाग्दाे असाेजकाे दशैं अब हाम्रा लागि फलिफापका हाेलान जस्ता छैनन । उता वर्षा सक्किया हुन्न झम्झम पानी परिरा हुन्छअनि यता सरकारले त्याे पानी परिरा बेलाँ बाटाे र माटाे साेहाेरेर सक्याहुन्न दशैं आई सक्छ । बाटाे बनाउने कि भेडा च्याङग्रा ओसार्ने ,चामल ओसार्ने कि नूनचिनि बाँडन सस्ताे पसल खाेल्ने सबै भ्याई नभ्याई हुन्छ ।त्यसैले जेन्जी आन्दोलनले सरकार फेर्याझैँ अब प्रदेशाँ बस्या जतिले ” घरफर्क” आन्दोलन चलाउन पराे र त्याे आन्दोलनले कात्तिक मसान्ततिर पर्ने गरि दशै मनाउने म्यान्डेट पास गरेर याे दशैंलाई बाईबाई गर्नु पर्ने भाे हैन भनेत फेरिनि उहीँ वर्षा नसक्किँदै दशैं आउँछ मुग्लिन कटेर अघि लाएछि पैराे आउँछ अनि त्याे पैराेले २/४ रात बाटैमा सुताउँछ अनि घर पुग्याे हिलाम्ये र धुलाम्य , लगातार पर्या पानीले दशैं मान्न लग्या लुगाकाे सत्यानास , राजधानीयाट साथि भाईलाई देखाउन अनुहारै देख्खिने गरि पलिस गरेर टलक्क पार्या जुत्ताँ यतिमाथिसम्म थुप्रया माटाे अनि धाे ई पखालि गरम पानिले भिजेछि सुक्ने उपाय छैन । काठले काेट्याएर फालम सबै माटाे काेटिन्न झन जुत्ताको अनुहारै दिनभरिकाे सिकार भै दिन्छ । त्यसैले माैका यै हाे ऐले पानी पनि पर्याछ आन्दोलनकाे साईतनि जुर्याछ अनि फेरि ऐले त देशाँ आन्दोलन गरेछि सफल हुने जाेगपनि पर्याछ । याे आन्दोलन तत्काल गरेन भने फेरि सबै मान्छे शिथिल भा बेलाँ आन्दोलन गर्न खाेजेछि आन्दाेलन काँट सफल हुन्छ र दशैंकाे तिथि मिति परिवर्तन हुन्छ । त्यसैले बेलैमा साेचम है साेचम । सरकार सँधै गाडि गुडने सडक पक्कि र दुरुस्त राख्न सक्दैन । पैशाजति भष्टाचार गर्नै ठिक्क भाछ । भष्टाचारीले अति गरे अब तिनलाई कार्बाई गरम्न त भन्दा सरकार ऐले कार्बाई गर्न मिल्दैन भन्छ । अब कार्वाहि कैले गर्न पर्ने हाे था छैन । जनता जेनजी आन्दोलनका अपराधीलाई कार्वाही गर भनेर कराका कराई छन तर तिनै जनताले बना सरकारका गृहमन्त्री पुलिसलाई कार्बाहि नगर भनेर विज्ञप्ति जारी गर्दै हिँडछन । ती गृहमन्त्री कस्का मान्छे हुन कल्ले भन्या मान्ने हुन अत्ताे पत्ताे छैन । हामी नेपाली फेरि जल्लाईनि विदेशी शक्ति देख्छाैँ ।
हाम्रो यै भ्रमले गर्दा दुख्ख पाथिम् पाथिम् ! अब त चाडबाड मान्ने कुराँनि दुख्ख पाउने भईम । ऐलेकाे नारायन घाट पुग्नु पर्दाकाे बाटा पैराे सम्झेर नि आगामि दिनाँ यात्रा गर्दा पुरानाे यात्रालाई सम्झेर बाटाेघाटाे, माैशम, अबस्था सब्बैलाई राम्रोसित गुनेर शहराट गाउँतिर हिँन्नु पर्ला हैन भने खुशियालि र रमझमका साथ दशैं अथवा चाड पर्व मानम्ला भनेर हिँड्या मान्छे कुकुरले नपाउने दुख्ख पाएर बेस्वादकाे अनुभव बाेकेर हिँडनु पर्ने हुन्छ । अनि ” चाैटा खान गाकि बुहारी झाेलाँ डुबेर मरी “भन्ने उखान सम्झेर बस्नु पर्ने अबस्था आयाे भने के स्वाद ! यसैले कुनै पनि काम गर्नु अघि जानम् बुझम् पर्खिम अनि बल्ल त्याे काम गर्ने कि नगर्ने भनेर निर्णय गरम् के भएछि के गर्ने भन्ने याेजना नबाएर हिड्याे भने अन्तत २३/२४ काे जेनजी आन्दोलन जस्ताे हुन्छ । दुख्ख गर्याे याैटाले अनि स्वाद गरिराछन अरुले ! हैन र ? चेतना भया !






