अछाममा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

अछाम । अछामको कमलबजार– १ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया मैसरा ढकाल छिन् ।

कमलबजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।

ढकालको मृत्युपछि मोटरसाइकलचालक तुर्माखाँद गाउँपालिका– ५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाममा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

संविधान संशोधनका विषयमा दलहरु आफैँ अलमलमा छन्ः

अछाममा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2081-10-18)