बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

बैतडी, १२ मङ्सिर।

बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् । जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो ।

“भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन । नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन”, महराले भने, “प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ ।”

स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रूपैयाँ गरी जम्मा ६० लाख रूपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो ।

‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन् । एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।

बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *