“मध्यपश्चिम विश्वविद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्यमा अघि बढ्दै योजना निर्देशनालय”

बाँके,१० साउन।

मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका निर्देशक डा. विष्णु कुमार खडकाले कोहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन गर्नुका साथै प्राध्यापक तथा कर्मचारीसँग अन्तरक्रिया गर्नुभएको छ।।

अनुगमनपछि आयोजित छलफल कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयलाई समयानुकूल, प्रविधिमैत्री र गुणस्तरीय बनाउने उद्देश्यले आगामी २० वर्षे रणनीतिक योजना निर्माण गरिएको जानकारी दिनुभयो। उक्त योजना पाँचपाँच वर्षका कार्ययोजना अनुसार क्रमशः कार्यान्वयन हुँदै जाने उहाँले बताउनुभयो।

डा. खडकाले विश्वविद्यालयको पाठ्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता अनुरूप परिमार्जन गरिँदै आएको र आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिने जानकारी पनि दिनुभयो।

उहाँले विश्वविद्यालयलाई पूर्ण रूपमा डिजिटल प्रविधिमैत्री बनाउने लक्ष्य लिएको भन्दै त्यसअनुसार आवश्यक जनशक्ति व्यवस्थापन चुनौती रहेको बताउनुभ्यो। उहाँले पाँच वर्षभित्र जनशक्ति व्यवस्थापन गरी विश्वविद्यालयको गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्नुपर्ने आवश्यकता पनि उल्लेख गर्नुभयो।

छलफलका क्रममा उपप्राध्यापक एकराज शर्माले क्याम्पस समायोजनदेखि हालसम्म रहेका समस्याहरू समाधान गर्न माग गर्नुभयो ।उपप्राध्यापक अनुप शाही र ललित चन्दले लामो समयदेखि जनशक्ति व्यवस्थापनमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै समयानुकूल जनशक्ति व्यवस्थापन र वृत्तिविकास सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

क्याम्पस प्रमुख दानबहादुर हमालले प्राध्यापक तथा कर्मचारीका समस्याहरू विश्वविद्यालय प्रशासनमा निरन्तर राख्दै आएको र उपकुलपति तथा रजिष्ट्रारले संवेदनशीलता देखाइरहेको जानकारी दिनुभयो।

कार्यक्रमको सहजीकरण उपप्राध्यापक खोपिराम वलि क्षेत्रीले गर्नुभएको थियो भने प्राध्यापक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवनियुक्त निर्देशक डा. खडकाले स्नातक तहको अन्तिम सत्रान्त परीक्षा अनुगमन गर्नुका साथै क्याम्पसको भौतिक पूर्वाधार पनि अवलोकन गर्नुभएको थियो।

“मध्यपश्चिम विश्वविद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्यमा अघि बढ्दै योजना निर्देशनालय”

“राजधानी व्यवस्थित बनाऔँ, देश अगाडि बढाऔँ” –

“मध्यपश्चिम विश्वविद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्यमा अघि बढ्दै योजना निर्देशनालय”

चार वर्षदेखि भासिएको झोलुङ्गे पुल: जोखिम मोल्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *