“किसान आफैंले बनाए जैविक बाँध, कर्णालीको पानी बुढी कुलामा फर्काउन जुटे”

बर्दिया,१२ जेष्ठ ।
बर्दियाको गेरुवा गाउँपालिकाको ओखरिया कर्णाली नदीबाट खेतमा पानी पुर्‍याउनका लागि स्थानीयले बृहत् श्रमदान गरेका छन् । धानको ब्याड राख्ने समयमा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सिँचाइ हुने बुढीकुलोमा पर्याप्त पानी नआएपछि करिब चार हजार स्थानीयवासीले श्रमदान गरेका हुन् ।
बुढिकुलो राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सिँचाइका लागि महत्वपूर्ण नहर हो । तर कर्णाली नदी पश्चिम भंगालोतर्फ लागेपछि बुढिकुलोको मुहानमा पानीको अभाव हुने गरेको छ ।
कर्णाली नदी पश्चिमतर्फ लागेपछि पानीको समस्या हुने बित्तिकै स्थानीयवासी श्रमदान गर्न ओखरिया पुग्ने गरेका छन् । गाउँबाट झाला पाता काठ दाउरासहित ट्याक्टरमा जाने गर्दछन् ।

पश्चिमतर्फ गएको कर्णालीको पानीलाई छेकेर बुढिकुलोमा फर्काउनका लागि श्रमदान गरेको राजापुर नगरपालिका वडा नं १ दौलतपुरका कुलापानी चौधरी ऋषुलाल चौधरीले बताउनुभयो ।
उहाँले बुढिकुलोमा पानी नआउँदा चैतेधान र बसन्ते मकै सुकेको बताउँदै बर्षे धानको ब्याड राख्न नपाएको गुनासो गर्नुभयो । धानको ब्याड राख्ने समयमा पानी नभएपछि बुढिकुलोको सिञ्चित क्षेत्रका स्थानीयबासीहरूले श्रमदान गरेको उहाँले बताउनुभयो ।


राजापुर र गेरुवा गाउँपालिकाका लागि सिँचाइ कुलो निर्माण भए पनि भरपर्दो र स्थायी संरचना नभएको कारण हरेक वर्ष श्रमदान गर्न जानुपर्ने बाध्यता रहेको गेरुवा गाउँपालिका वडा नं  १ का पूर्व वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो । उहाँले स्थायी प्रकृतिको नहर निर्माण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
स्थानीयबासीले निर्माण गरेको अस्थायी प्रकृतिको बाँध पटक पटक बाढीले भत्काएर दुःख दिने गरेको गेरुवा गाउँपालिका वडा नं ६ गिदरपुरका पुस्कर काफ्लेले बताउनुभयो । पछिल्लो समय राजापुर र गेरुवाबासी सिँचाइका कारण दुःख पाइरहेको गुनासो गर्नुभयो ।


राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा १२ वटा शाखामार्फत करिब ११ हजार हेक्टरमा बुढिकुलोबाट सिचाई हुने गरेको छ । गेरुवाको पानी कर्णालीको पश्चिम भँगालो तर्फ गएको हुनाले समस्या देखापरेको राजापुर सिँचाई आयोजनाका प्रमुख रामकृष्ण घोडासैनीले बताउनुभयो । उहाँले आगामी वर्षमा बुढीकुलोमा पानी ल्याउनका लागि थप सुधार गर्ने बताउनुभयो ।

“किसान आफैंले बनाए जैविक बाँध, कर्णालीको पानी बुढी कुलामा फर्काउन जुटे”

फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५

“किसान आफैंले बनाए जैविक बाँध, कर्णालीको पानी बुढी कुलामा फर्काउन जुटे”

लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा

Leave a comment

Your email address will not be published. Required fields are marked *