पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको इयूद्वारा विरोध 

ब्रसेल्स, बेल्जियम, ९ पुस (रासस/एएफपी)।

युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्ने पाँच युरोपेली व्यक्तित्वमाथि लगाइएको अमेरिकी प्रतिबन्धको ‘कडा निन्दा’ गरेको युरोपेली आयोगले बुधबार जानकारी गराएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ । उनीहरूले अमेरिकी सामाजिक मिडिया प्लेटफर्महरूको विरोध गर्ने दृष्टिकोणलाई नियन्त्रण गर्न ‘जबरजस्ती’ गर्न खोजेको आरोप लगाए ।

“हामीले अमेरिकी अधिकारीहरूसँग स्पष्टीकरण मागेका छौँ र यस मुद्दामा नियमित लागिपरेका छौँ । आवश्यक भएमा हामी अनुचित उपायबिरूद्ध हाम्रो नियामक स्वायत्तताको रक्षा गर्न द्रूत र निर्णायक रूपमा प्रतिक्रिया दिनेछौँ,” आयोगको एक विज्ञप्तिमा भनिएको छ।

 

विज्ञप्तिमा भनिएको छ, “हाम्रो डिजिटल नियमहरूले सबै कम्पनीहरूको लागि सुरक्षित, निष्पक्ष र समान स्थान सुनिश्चित गर्छ, साथै, यो निष्पक्ष र भेदभावबिना लागू हुन्छ।”

“अभिव्यक्ति स्वतन्त्रता युरोपको मौलिक अधिकार हो र लोकतान्त्रिक संसारमा संयुक्त राज्य अमेरिकासँग साझा र प्रमुख मूल्य हो,” आयोगले भनेको छ ।

“इयू एक खुला, नियममा आधारित एकल बजार हो, जसमा हाम्रो लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू अनुरूप आर्थिक गतिविधिलाई नियमन गर्ने सार्वभौम अधिकार छ,” आयोगले भनेको छ।

पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको इयूद्वारा विरोध 

राजनीति नैतिकताको धरातलमा उभिनुपर्नेमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *