डोक्काघरेको जिवन एक बिम्ब अनेक प्रकाशन

हस्त चौलागाँई
कालिकोट ८, असोज।
के के बोल्छ सिंह दरवार बचन विर्सन्छ ।
पुगेपछी सत्तामा सरकार झन विर्सन्छ ।।
रीतिथिती चालचलन परम्परा एउटै हाम्रो ।
विभेदकारी संस्कारले आफ्नोपन बिर्सन्छ ।।
……………
कुल्चे यही धर्ती रिपुहरुले पैतला मुनि ।
गुमे टिष्टा काँगडा स्वर्गझै प्यारो भुमि ।।
खोज्छन् मान इमान गएर सीमा पारी ।
बिर्सन्छन् सन्तानले छाती चुसेको जजनी ।।
लामो समय साहित्य विधा तथा विद्यार्थी राजनैतिक गदै आएका दिर्घ बहादुर शाही(डोक्काघरे)को जिवन एक बिम्ब अनेक बजारमा आएको छ । जिवन एक बिम्ब अनेक मुक्तक संग्रहको प्रकाशक अनुसन्धान विमर्श नेपाल र आवरणः आइटी सोलुसनले गरेको हो ।

नेपाली लेखक संघ कालीकोटका सचिव दिर्घ बहादुर शाही (डोक्काघरे) को जीवन एक बिम्ब अनेक मुक्तक संग्रह मायाप्रेम,विछोड,दुख,सुख अनी राष्ट्रप्रतिको गहिरो सद्भाव र एक मुक्तककारले भोगेको समकालीन जिवनका बिम्बहरुको सग्रह हो । मुक्तककारले यस संग्रहलाई कर्णाली भुगोल र लोकजिवनका साथै शब्दहारमा उनेर सनदर साहित्यिक माला बनाउन सफल भएका छन् । कर्णाली सम्भावनालाई उजागर गदै उनि लेख्छन् ।
प्रवेश गर्दा तिला दोभान रारा देख्छु कर्णालीमा ।
जल जंगल जडिबुटी सारा देख्छु कर्णालीमा ।।
मुसुमुसु हास्ने हिमाल पारिजातका फुल पनी ।
पाटन भरी रंगिएका तारा देख्छु कर्णालीमा ।।
शाही केवल कर्णालीका मात्रै लेख्दैनन् प्रेमिकालाई सम्बोधन गदै लेख्छन् ।
आखाको चुम्बनबाट पानी पानी बनाउछु ।
बारम्बार दिलमा बस्ने सानी बनाउछु ।।
अजम्बरी मायाको खानी बनाउने अठोठमा जब तुपारापात हुन्छ उनी लेख्छन् ,
यादहरु आउछन् पल भएर ।
बग्दै गए आँसुहरु भल भएर ।।
तोडेर गएपनी प्रेमको सम्वन्ध ।
बसेकै छन मुटुभित्र गल भएर ।
दिर्घ बहादुर शाहीले जिवन एक बिम्ब अनेक मात्रै लेखेका छैनन् उनका हाल सम् मबनेन संविधान(लेख संग्रह) २०६७ हाम्रो कांग्रेसको सिद्धान्त(गिती एल्बम) २०७३,खुटो धजा,मुठो चाम (गिती एल्बम) २०८० पछी उनले जिवन एक बिम्ब अनेक मुक्तक संग्रह बजारमा ल्याएका हुन ।






