घुयँत्राे:“सदन होइन, सर्वोच्च बचाऊ अभियान : पालो–पालो काँग्रेस–कम्युनिस्टको न्यायालय तीर्थयात्रा”

पालाे गरिगरि काँग्रेस कमिनिष्टहरु सर्बाेच्चकाे शरणमा पुग्याछन । उनरकाे लक्ष्य ,लागेपुगेसम्म सदन व्युँताउने खेलमै केन्द्रीत छ । उनरकाे दाैडधुप र भेटघाट देखेर उनरका लागि सदन व्यँतिनुनै श्रेयस्करछ । याे कुरा हरेक नेपालिले पनि बुझि सके । अनि यी दलका नेताले पनि के बुझिसकेभने हाम्राे भष्टाचारकाे गन्ध हरेक नेपालीकाे नाकबाट निरन्तर पुत्ताएकाे पुत्तायैछ । त्यसैले अब हामी निर्वाचन राेजेर गाउगाउँ पुग्दा हामीलाई जनताले लखेटा लखेट पार्नेछन । त्यसैले हाम्राे राजनीति बचाई दिने भनेका हिजाे तिनै हाम्ले भर्ना गरेका न्यायाधीशहरुहुन त्यसैले अब अन्तत तिनकै शरणमा गएर २ बर्ष जेनतेन गुजार्न सके हाम्राे राजनीति गराई हाेला हैन भने र २ बर्ष पछि ८४ मा हुने चुनाबमा पनि कुनै उपाएले अघि बढने छाँटछैन भन्ने महसुस गरेर हाेला ओलि र देउबाका बुढाबुढि बीच निकै वार्ता चलि रहेकाेछ । खासगरि यिनिहरुले गरेका असंख्य भष्टाचारका काण्डका कारण पनि आउने दिनहरु हाम्रा लागि सहज छैनन भनेर पनि विगतकाे गठबन्धन जारी रहनु पर्छ भन्नेमा ओलि र देउबा निरन्तर लागि रहेका छन ।

त्यसैले पनि याे सरकारलाई चुनाबि सुरक्षा दिन नसक्ने भनेर अरु दलहरुलाई समेत चुनाबमा जान राेक्ने पर्यत्न भएकाे देखिन्छ । प्रजातन्त्रको पुनस्थापना भएदेखिनै जनताका खास विश्वासका दल भनेका काँग्रेस एमालेनै हुन । यै विश्वासकै आडमा देशमा लुटतन्त्र मच्चाएर एमाले काँग्रेसले पालैशान्ति खाए । खाँदाखाँदै भष्टाचारकाे यति ठूलाे भकारी बन्याे कि अन्तत त्याे भकारी भत्काउने प्रणका साथ याैटा युवा जमात यीनिहरुलाई विस्थापित गर्न सडकमा जान बाध्य भयाे र अन्तत यीनिहरु सत्ताच्युत भए । तर पनि यिनिहरु सच्चियर वा परिवर्तन भएर जनताकाे चाहनानुसार चल्न तयार छैनन ।

त्यसैले पनि जनता आउने चुनाबमा यीनिहरुभन्दा कम भष्टाचारी, कमचाेरहरुलाई छान्न उत्साहित देखिन्छन त्यसैले नि यी २ पाटि अहिले कसरी सफल अबतरण गर्ने भन्ने दाउमाछन । उता यै हुलभित्रका प्रचण्ड भने आन्दोलनकारिले भने अनुसार आफू र आफ्नाे पाटिकाे नीति परिवर्तन गरेर आएकाेले फागुनमा हुने चुनाबाँ आँफ्नाे पाटि अब्बल हुन्छ भन्दै दाैडाहामा हिँडि रहेका छन । उता रबि र बालेन एक हुँदा पुराना दललाई सिध्याउन सकिन्छ कि भनेर वार्तामा जुटि रहेकाछन । पुराना पाटि भष्टाचारमा डुबेकाे प्रमाणित गर्न नसकि रहेकाे अबस्थामा पछिल्लाे चरणमा जन्मेका पाटिमा पनि याैटा शंका के छ भने रविभनेकाे सहकारीकाे अपराधिहाे भन्ने वातावरण रहि रहनु र कुलमानले पनि पछिल्लाे अबस्थाकाे जस्ताे विश्वास कमाउन नसकेकाले पनि जनतालाई कन्भिन्स गर्न सके भने हामी पुरानैका दिन आउन सक्छन भनेर अन्तत ओलि र देउवा राजनीतिक प्रणालिकाे विरुद्ध बामपंथी र प्रजातान्त्रिक पाटिकि गठबन्धनमा चुना हुन सक्छ ।

हरेक कुराकाे नमुना र संसारमा कहिँ नहुने घटना नेपालमै हुने भा हुनाले हिजाे आन्दोलन गरेर फालेका भष्टाचारी दलका नेता देउबा र ओलिलाई नै चुनाबमा जिताएर देखाई दिन सक्छन । त्यसैले चुनाबमा नेपाली जनताकाे कैल्यै विश्वास नगर्नु, नत नेताकाे नै ।

Leave a comment

Your email address will not be published. Required fields are marked *