जुम्लामा अटाे रिक्सामा आगलागी ; यात्रु भने सकुशल

काली बहादुर परियार
जुम्ला,६ भदौ।
जुम्लाको तिला गाउँपालिका–५ तर्फ जाँदै गरेको एक अटोमा अचानक आगलागी भएको छ । गुडिरहेको अटाेमा अचानक आगलागी भएको हाे । आगलागी पश्चात् अटोभित्र रहेका यात्रुहरू भने सकुशल छन् ।
स्थानीयवासीका अनुसार अटो बाटोमै गुडिरहेको बेला अचानक आगो लागेपछि चालकले तुरुन्तै अटो रोक्ने प्रयास गरेका थिए। आगो फैलन थालेपछि यात्रुहरू समयमै बाहिर निस्कन सफल भए पछि मानवीय क्षति हुन नपाएको बताएका छन् ।
आगलागीका कारण अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि स्थानीयहरूले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि अटो जोगाउन सकिएन।
आगो लाग्ने कारणबारे यकिन जानकारी नभएको र यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार मेकानिकल समस्या वा विद्युत् सर्ट हुनसक्ने बताइएको छ।






