घुयँत्राे:” बिरसिक्का”

सम्भव त संसारमै छिटोछिटो व्यवस्था परिवर्तन हुने मुलुकमा पर्छ हाेला नेपाल । जहानिया राणा शासनदेखि निरंकुश पन्चायति शासनका नाममा चलेकाे राजशाहि र त्यसपछिका प्रजातान्त्र र लाेकतन्त्रका नामा आएकाे राजनैतिक प्रणालिसमेत दिगाे रहन सकेन । विश्वकाे सबैभन्दा राम्रो मानिने प्रजातान्त्रिक व्यवस्था र लाेकतन्त्रले समेत दिगाेशासन दिन नसक्दा हरेक १०/१० बर्षमा व्यवस्था परिवर्तन भए ।
यसरी ब्यवस्था परिवर्तन हुनुमा संविधान र ऐन कानुन कडा वा जन विराेधि भएर हैन । देश चलाउने मूल कानुन भनेकाे संविधान हाे अनि त्यै संविधान २०४७ का विरुद्ध पनि याैटा हिंश्रक समूह खडा भएर देशलाई करिब १२ बर्षसम्म आतंक मच्चायाे र कतिलाई घाईते बनायाे कतिलाई कालकाे मुखमा हाल्याे अनि कति अपांग बनेर बस्न बाध्यछन र पनि जनताले आँफुलाई त्यति विघ्न असुरक्षित बनेकाे महसुस गरेका थिएनन ।
जुन ऐले महसुस गरिरहेकाछन । संविधान सभाबाट संविधान लेख्ने निहुमा आन्दोलन छाेडेर ती आन्दोलनकारीहरुनि सत्तामा डाेरिय ।” कहिँ नभा जात्रा हाँडि गाउँमा “भनेझैँ विनानिर्वाचन बराबर अंशबण्डामा संसदमा प्रतिनिधि त्व गर्न पुगे । नातावाद,दलाल,विचाैलिया र भष्टाचार विरुध्द हिंसात्मक आन्दोलन चलाएकाे माओवादि सत्ताँ पुगेर तिनरुभन्दा झन भष्टाचारी र दलाल निस्किय ।४८ देखिकाे खुला राजनीतिक ब्यवस्थामा दिन दुईगुना रात चाैगुनाकादरले बेथिति र भष्टाचार माैलायाे ।यिनै भष्टाचार रबेथितिकाे अन्त्यका लागप १०/१० बर्षमा राजनीति परिवर्तन भयाे तर ती ब्यवस्था परिवर्तनले भष्टाचार र बेथिति अनि बेराेजगारीलाई कम गर्न सकेन । यहि बेराेजगारीकाे मारमा परेकाे जनशक्ति विदेशतिर हाँकियाे । देशमा विकास थर्ने र उत्पादन गर्ने जनशक्ति विदेशिय पछि त्यहि विदेशमा गएकाे जनशक्तिले पठाएकाे र्यामिट्यान्स बाट देश चलाउन थालेपछि शासकहरु झन देश विकास,उत्पादनर निर्यात भन्दा युवाहरुलाई विदेश पठाउँदै त्यसकै आडमा सत्ता टिकाउने र रमाउनेतिर लागे फलस्वरुप देशमा न उद्याेग धन्दाकाे स्थापनाभयाे नत कमाईकजाईका अन्य श्रा्तहरु परिचालन भयाे तर, भष्टाचार भने निरन्तरदभईरयाे अनि त्यई भष्टाचारकाे पराकाष्टाले संसारका जस्तासुकै ब्यवस्थाकाे प्रयाेगशाला नेपाल बनेनि प्रयाेगशालाबाट निस्कने कुनै पनि परिक्षण र परिणाम देशका लागि उपयुक्त नभएरै त हाेला हरेक १० बर्षमा आन्दोलन ! यहि प्रक्रियालाई दाेहर्याउँदै याे पटकनि भदाै २३ र २४ मा आन्दोलन भयाे सरकार परिवर्तन भयाे याे पटक त आन्दोलन गर्ने जमनत पनि फरक रह्याे आन्दोलनमा जाे जसले भाग लिए देखिए पनि यसका आन्दोलनकारीहरु जेनजी अर्थात सन १९९७ देखि २०१२ सम्म जन्मेकाे पुस्ता थियाे ।
उनीहरुकाे आन्दोलनकाे माग पनि भष्टाचारीलाई कार्वाहि, भष्टाचारकाे अन्त्य, प्रधानमन्त्री वा राष्ट्रपतिकाे प्रत्यक्ष निर्वाचन जस्ता मागहरुनै थिए । तर याे पटककाे आन्दोलनले शुरुमा १९ जनाकाेे ज्यान लिएपछि आन्दोलनकारीहरु निकै ठूलाे विध्वंसमा उत्रिए , सुरक्षा निकाहरु सबै मैदान छाेडेर भागे फलत धेरै धनजनकाे क्षेति भयाे त्यै क्षेती र आन्दोलनकाे चरित्रलाई हेर्दा सर्वसाधारण नागरिक अहिले पनि निकै त्रसित छन । सुरक्षा निकाले हाम्राे सुरक्षा गर्छ भन्नेमा जनताले पटक्कै विश्वास गरि रहेका छैनन । माओवादिले देशमा हिंसात्मक आन्दोलन चलाएर दैनि ८/१० वटा मान्छे मार्दा पनि जनता त्यति विचलित र त्रसित थिएनन तर ऐलेकाे आन्दोलनले जसरि ताेडफाेड र आगजनिकाे हडकम् मच्चायाे यसबाट देषि भन्दनि निर्दाेष मान्छेहरुका घर पनि खाेजीखाेजि डढाएपछि जनता फेरिपनि याे आन्दोलन फर्किने हाे कि भनेर डराई रहेकाछन । यस्ताे बेलामा ऐलेकाे मन्त्रीमण्डलले आन्दोलनले सम्बाेधन गराउन चाहेका मागहरु तत्काल सम्बाेधन गर्नतिर लाग्नु पर्दछ । कहिँकतै यी आन्दोलनकारीहरु भडकियभने देशमा थामि नसक्ने युध्द हुन सक्दछ । त्यसैले जतिसक्याे छिटाे याे सरकारले गर्नु पर्नेकाम तत्काल गराेस । सबै जनताकाे चाहना पनि यहि हाे ।






